कतारमा वर्ल्ड कपलाई मध्यनजर गर्दै प्रहरीलाई भीड र ट्राफिक तालिम « Khabarhub

कतारमा वर्ल्ड कपलाई मध्यनजर गर्दै प्रहरीलाई भीड र ट्राफिक तालिम



दोहा- कतारको आन्तरिक मन्त्रालयले भीड र ट्राफिक कन्ट्रोल मेनेजमेन्ट कोर्सको स्नातक समारोहमा ट्राफिक महाविद्यालयका महानिर्देशालयमा विभिन्न विभागका निर्देशकहरूको उपस्थितिमा सम्पन्न गरेको छ ।

३१ प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण कोर्समा भाग लिएका थिए । उक्त प्रशिक्षण छ महिनासम्म सञ्चालन भएको मन्त्रालयले जनाएको छ । यो तालिम भीड तथा यातायात नियन्त्रण प्रबन्धन रूपरेखा भित्र आउँछ, जुन फिफा वर्ल्ड कप २०२२ तयारीको लागि लागू गरिएको मन्त्रालयले‍ जनाएको छ ।

पाठ्यक्रम ट्राफिक, उद्धार पुलिस, सार्वजनिक यातायात सुरक्षा र पुलिस प्रशिक्षण संस्थान बाहेक आन्तरिक मन्त्रालयका विभिन्न विभागहरूको सहयोगमा लेखवीया फोर्सका साथै अन्तर्राष्ट्रिय सार्वजनिक यातायात संघ र लाइसेम अन्तर्राष्ट्रिय प्रशिक्षणका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा सञ्चालन गरिएको थियो।

सहभागीहरूले ट्राफिक ब्यवस्थापन, ड्राइभरहरूलाई निर्देशन, यातायात भीडको प्रबन्ध, भीड मनोविज्ञान, सार्वजनिक यातायातको सुरक्षा गर्ने र सवारी साधनहरूमा भीडलाई निर्देशन दिने, विभिन्न परिदृश्यहरू र व्यावहारिक अनु प्रयोगहरूको बारेमा ज्ञान हासिल गरेका छन् ।

यो फिफा वर्ल्ड कप २०२२ को समयमा भीडलाई ब्यबस्थापन गर्नका लागि उच्च योग्य कार्यकर्तालाई प्रशिक्षण दिने कोर्सको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

२०१९ मा शुरू भएको तीन बर्षे प्रशिक्षण कार्यक्रमको ढाँचामा आउँछ र आन्तरिक मन्त्रालयका विभिन्न विभागका १२७६ सदस्यहरुलाई प्रशिक्षण दिने लक्ष्य राखेको जनाएको छ ।

समारोहको अन्त्यमा, यातायात महानिर्देशक ब्रिगेडियर मुहम्मद अब्दुल्लाह अल-शाहवानी र प्रहरी प्रशिक्षण संस्थानका निर्देशक लेफ्टिनेंट कर्नल अली सौद अल-हन्जाबले स्नातक अधिकारीहरुलाई प्रमाणपत्र दिएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५२ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र