सेन्ट्रल मललाई दुई लाख रूपैयाँ जरिवाना « Khabarhub

सेन्ट्रल मललाई दुई लाख रूपैयाँ जरिवाना


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति  तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार  गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो । कानूनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।

कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट रु एक हजार १६५ प्रतिकेजी खरिद गरी रु दुई हजार २५० दरले बिक्री वितरण गरेको फेला पारेको थियो ।

मलले अत्यधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका उनले बताए ।

मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी रु एक हजार ८०० मा खरिद गरेकामा सोअनुसार बिलविजक प्राप्त नभएको बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १० : ४० बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर