रौतहटको लौकाहामा गोली हानी युवतीको हत्या « Khabarhub

रौतहटको लौकाहामा गोली हानी युवतीको हत्या


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा बुधबार राति एक युवतीको गोली हानी हत्या भएको छ ।

माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान भएको छैन ।

अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौकामा राति ११ बजेतिर हतियारधारी समूह घरमै पसेर कन्चटमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ११ : २० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी