भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त « Khabarhub

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त


२७ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ ।

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २९४ रहेको छ । विगत २४ घण्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वर्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताएका छन् ।

उनले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरु, स्वास्थ्य मन्त्रीहरु र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १ : ३० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव