यी हुन् धन प्राप्तीका ७ सरल उपाय « Khabarhub

यी हुन् धन प्राप्तीका ७ सरल उपाय


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।

धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च बनाउँछ । यही धनको अभावमा कैयौं आवश्यकताहरु पूरा हुन पाउँदैनन् । आज हामी धन प्राप्ती गर्ने ज्योतिष शास्त्रका उपाय बारे चर्चा गर्नेछौँ-

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सुख संसाधन आदिको कारक मानिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र कमजोर भए वित्तिय समस्या हुने गर्दछ । यसका साथै बृहस्पति ग्रहको सम्बन्धसमेत धनसंग जोडिएको हुन्छ ।

कुण्डलीको दोश्रो भावलाई धन भाव भनिन्छ । यस भावबाट व्यक्तिको जीवनमा धन र धनको बचत थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौं घरसमेत आयसँग जोडिएको हुन्छ । यसभावले व्यक्तिको आम्दानी थाहा पाउन सकिन्छ । आर्थिक जीवन बलियो पार्न जन्मपत्रमा दोश्रो र एघारौं घर मजबूत हुनु पर्दछ ।

 

धन प्राप्तीका ७ सरल उपाय

१. कुण्डलीमा शुक्र र बृहस्पतीको स्थिती मजबूत पार्नु पर्दछ ।

२. कुण्डलीको दोश्रो र एघारौं भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ ।

३. शुक्रवारको पूजापछि श्रीसूक्त पाठ गर्नु पर्दछ ।

४. तुलसीको बिरुवा रोपेर त्यसको नियमित पूजा गर्नुहोस् ।

५. घरलाई हमेशा सरसफाईयुक्त बनाउनुहोस् ।

६. धनका देवता कुबेरको पूजा गर्नुहोस् ।

७. श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ५१ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ