यी हुन् धन प्राप्तीका ७ सरल उपाय « Khabarhub

यी हुन् धन प्राप्तीका ७ सरल उपाय


२७ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एक यस्तो देश हो जहाँ देवीदेवताका अलावा रुपैयाँ, पैसा गरगहनाको समेत धार्मिक र सांस्कृतिक महत्व छ । यसै आधारमा गरगहनको पनि विधिवत पूजा गरिन्छ ।

धनसम्पतीले मानिसको आर्थिक जीवन सबल बन्नुको साथै सामाजिक स्तरसमेत उच्च बनाउँछ । यही धनको अभावमा कैयौं आवश्यकताहरु पूरा हुन पाउँदैनन् । आज हामी धन प्राप्ती गर्ने ज्योतिष शास्त्रका उपाय बारे चर्चा गर्नेछौँ-

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई धन, सम्पदा, वैभव, ऐश्वर्य, भौतिक सुख संसाधन आदिको कारक मानिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शुक्र शुभ स्थितिमा भए आर्थिक जीवन राम्रो र शुक्र कमजोर भए वित्तिय समस्या हुने गर्दछ । यसका साथै बृहस्पति ग्रहको सम्बन्धसमेत धनसंग जोडिएको हुन्छ ।

कुण्डलीको दोश्रो भावलाई धन भाव भनिन्छ । यस भावबाट व्यक्तिको जीवनमा धन र धनको बचत थाहा पाउन सकिन्छ । यसका साथै कुण्डलीको एघारौं घरसमेत आयसँग जोडिएको हुन्छ । यसभावले व्यक्तिको आम्दानी थाहा पाउन सकिन्छ । आर्थिक जीवन बलियो पार्न जन्मपत्रमा दोश्रो र एघारौं घर मजबूत हुनु पर्दछ ।

 

धन प्राप्तीका ७ सरल उपाय

१. कुण्डलीमा शुक्र र बृहस्पतीको स्थिती मजबूत पार्नु पर्दछ ।

२. कुण्डलीको दोश्रो र एघारौं भाव तथा यस भावका मालिक ग्रह बलशाली बनाउनु पर्दछ ।

३. शुक्रवारको पूजापछि श्रीसूक्त पाठ गर्नु पर्दछ ।

४. तुलसीको बिरुवा रोपेर त्यसको नियमित पूजा गर्नुहोस् ।

५. घरलाई हमेशा सरसफाईयुक्त बनाउनुहोस् ।

६. धनका देवता कुबेरको पूजा गर्नुहोस् ।

७. श्रीयन्त्र, महालक्ष्मी यन्त्र र श्री धन वर्षा यन्त्र स्थापना गरी नियमित पूजा गर्नुपर्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ५ : ५१ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित