काठमाडौँ- चिसो मौसम लागेसंगै बालबालिकामा ज्वरोको उच्च जोखिममा हुन्छ ।
कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरुमा कुनै किसिमको संक्रमण भए संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । यसैले बालबालिकालाई ज्वरो आउँछ ।
ज्वरो सामान्य रुघाखोकीका कारण पनि आउन सक्छ । कहिलेकाही बालबालिकालाई हनहनी ज्वरो त आउँछ, तर यसको कारण पत्ता लाग्दैन । जसले घर परिवारमा तनाव हुने गर्दछ ।
तर, बालबालिका स्वस्थ छन् र सामान्य ज्वरो आएको छ भने आत्तिनु पर्दैन । जसलाई सामान्य औषधि र घरभित्रैका उपायबाट समेत कम गर्न सकिन्छ ।
ज्वरो आइरहे वा कम नभएमा भने तुरुन्त चिकित्सकको परार्मश लिनु पर्छ । आज हामी सामान्य ज्वरोलाई घरभित्रै कम गर्ने उपायबारे चर्चा गर्नेछौँ-
१. बालबालिकाको ज्वरो कम गर्न आलुको प्रयोग लाभदायक मानिन्छ । दुईटा आलुलाई पेस्ट बनाएर बच्चाको मोजामा राखेर लगाइदिए केही मिनेटमै ज्वरो घट्न थाल्छ ।
२. सुतीको कपडालाई चिसो पानीमा भिजाएर त्यसलाई निचोर्दै पटक पटक निधारमा राखे यसले बच्चाको ज्वरो नियन्त्रण गर्न सघाउ पुर्याउँदा पनि ज्वरो कम हुन्छ ।
३. ज्वरो आउँदा बच्चालाई तातो झोलिलो पदार्थ खुवाउन हुँदैन । बरु सामान्य तापमानको पानी वा तरल पदार्थ ख्वाउनु पर्दछ ।
४. ज्वरो आउँदा बच्चालाई सधै खुकुलो कपडा लगाइदिनु पर्छ । खुकुलो कपडा लगाउनाले शरीर कसिलो हुँदैन । साथै शरीरको तापमान कम हुन्छ । तर, ज्वरोले बच्चा कापेको छ भने उसलाई न्यानो बनाउनुपर्छ ।
५. ज्वरो आउँदा प्रायः अभिभावक पंखा बन्द गर्दछन् । तर पंखाको प्रयोगले पनि बच्चाको ज्वरो कम गर्न सकिन्छ । तर, धेरै बेर पंखामा बच्चालाई राख्नु भने हुँदैन । अन्यथा बच्चालाई चिसोले समात्न सक्छ र थप जटिलता निम्त्याउन सक्छ ।
ध्यान रहोस् ज्वरो आएको बच्चालाई सकेसम्म चिकित्सकको परामर्श अनुसार नै औषधि र उपचार गर्नु पर्दछ ।
प्रतिक्रिया