यसरी घरमै ठीक पार्न सकिन्छ बच्चाको ज्वरो « Khabarhub

यसरी घरमै ठीक पार्न सकिन्छ बच्चाको ज्वरो


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिसो मौसम लागेसंगै बालबालिकामा ज्वरोको उच्च जोखिममा हुन्छ ।

कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरुमा कुनै किसिमको संक्रमण भए संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । यसैले बालबालिकालाई ज्वरो आउँछ ।

ज्वरो सामान्य रुघाखोकीका कारण पनि आउन सक्छ । कहिलेकाही बालबालिकालाई हनहनी ज्वरो त आउँछ, तर यसको कारण पत्ता लाग्दैन । जसले घर परिवारमा तनाव हुने गर्दछ ।

तर, बालबालिका स्वस्थ छन् र सामान्य ज्वरो आएको छ भने आत्तिनु पर्दैन । जसलाई सामान्य औषधि र घरभित्रैका उपायबाट समेत कम गर्न सकिन्छ ।

ज्वरो आइरहे वा कम नभएमा भने तुरुन्त चिकित्सकको परार्मश लिनु पर्छ । आज हामी सामान्य ज्वरोलाई घरभित्रै कम गर्ने उपायबारे चर्चा गर्नेछौँ-

१. बालबालिकाको ज्वरो कम गर्न आलुको प्रयोग लाभदायक मानिन्छ । दुईटा आलुलाई पेस्ट बनाएर बच्चाको मोजामा राखेर लगाइदिए केही मिनेटमै ज्वरो घट्न थाल्छ ।

२. सुतीको कपडालाई चिसो पानीमा भिजाएर त्यसलाई निचोर्दै पटक पटक निधारमा राखे यसले बच्चाको ज्वरो नियन्त्रण गर्न सघाउ पुर्‍याउँदा पनि ज्वरो कम हुन्छ ।

३. ज्वरो आउँदा बच्चालाई तातो झोलिलो पदार्थ खुवाउन हुँदैन । बरु सामान्य तापमानको पानी वा तरल पदार्थ ख्वाउनु पर्दछ ।

४. ज्वरो आउँदा बच्चालाई सधै खुकुलो कपडा लगाइदिनु पर्छ । खुकुलो कपडा लगाउनाले शरीर कसिलो हुँदैन । साथै शरीरको तापमान कम हुन्छ । तर, ज्वरोले बच्चा कापेको छ भने उसलाई न्यानो बनाउनुपर्छ ।

५. ज्वरो आउँदा प्रायः अभिभावक पंखा बन्द गर्दछन् । तर पंखाको प्रयोगले पनि बच्चाको ज्वरो कम गर्न सकिन्छ । तर, धेरै बेर पंखामा बच्चालाई राख्नु भने हुँदैन । अन्यथा  बच्चालाई चिसोले समात्न सक्छ र थप जटिलता निम्त्याउन सक्छ ।

ध्यान रहोस् ज्वरो आएको बच्चालाई सकेसम्म चिकित्सकको परामर्श अनुसार नै औषधि र उपचार गर्नु पर्दछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ४८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको