यसरी घरमै ठीक पार्न सकिन्छ बच्चाको ज्वरो « Khabarhub

यसरी घरमै ठीक पार्न सकिन्छ बच्चाको ज्वरो


२७ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिसो मौसम लागेसंगै बालबालिकामा ज्वरोको उच्च जोखिममा हुन्छ ।

कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरुमा कुनै किसिमको संक्रमण भए संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । यसैले बालबालिकालाई ज्वरो आउँछ ।

ज्वरो सामान्य रुघाखोकीका कारण पनि आउन सक्छ । कहिलेकाही बालबालिकालाई हनहनी ज्वरो त आउँछ, तर यसको कारण पत्ता लाग्दैन । जसले घर परिवारमा तनाव हुने गर्दछ ।

तर, बालबालिका स्वस्थ छन् र सामान्य ज्वरो आएको छ भने आत्तिनु पर्दैन । जसलाई सामान्य औषधि र घरभित्रैका उपायबाट समेत कम गर्न सकिन्छ ।

ज्वरो आइरहे वा कम नभएमा भने तुरुन्त चिकित्सकको परार्मश लिनु पर्छ । आज हामी सामान्य ज्वरोलाई घरभित्रै कम गर्ने उपायबारे चर्चा गर्नेछौँ-

१. बालबालिकाको ज्वरो कम गर्न आलुको प्रयोग लाभदायक मानिन्छ । दुईटा आलुलाई पेस्ट बनाएर बच्चाको मोजामा राखेर लगाइदिए केही मिनेटमै ज्वरो घट्न थाल्छ ।

२. सुतीको कपडालाई चिसो पानीमा भिजाएर त्यसलाई निचोर्दै पटक पटक निधारमा राखे यसले बच्चाको ज्वरो नियन्त्रण गर्न सघाउ पुर्‍याउँदा पनि ज्वरो कम हुन्छ ।

३. ज्वरो आउँदा बच्चालाई तातो झोलिलो पदार्थ खुवाउन हुँदैन । बरु सामान्य तापमानको पानी वा तरल पदार्थ ख्वाउनु पर्दछ ।

४. ज्वरो आउँदा बच्चालाई सधै खुकुलो कपडा लगाइदिनु पर्छ । खुकुलो कपडा लगाउनाले शरीर कसिलो हुँदैन । साथै शरीरको तापमान कम हुन्छ । तर, ज्वरोले बच्चा कापेको छ भने उसलाई न्यानो बनाउनुपर्छ ।

५. ज्वरो आउँदा प्रायः अभिभावक पंखा बन्द गर्दछन् । तर पंखाको प्रयोगले पनि बच्चाको ज्वरो कम गर्न सकिन्छ । तर, धेरै बेर पंखामा बच्चालाई राख्नु भने हुँदैन । अन्यथा  बच्चालाई चिसोले समात्न सक्छ र थप जटिलता निम्त्याउन सक्छ ।

ध्यान रहोस् ज्वरो आएको बच्चालाई सकेसम्म चिकित्सकको परामर्श अनुसार नै औषधि र उपचार गर्नु पर्दछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ६ : ४८ बजे

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी