सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्‍याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।

सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।

स्व गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

स्व गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : १३ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना