अभिनेत्री कोइरालाले सुरु गरिन क्यान्सर एजुकेसन फन्ड « Khabarhub

अभिनेत्री कोइरालाले सुरु गरिन क्यान्सर एजुकेसन फन्ड


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले क्यान्सर एजुकेसन फन्ड स्थापना गरेकी छन्।

क्यान्सर जितेकी अभिनेत्री कोइलालले बिहीबार एक कार्यक्रमबीच ‘मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड’ नामक कोषको औपचारिक घोषणा गरेकी हुन् ।

ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार मनिषा कोइरालासँगै रहने बताइएको छ।

क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु फन्ड खडा गरिएको ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले बताए। उनका अनुसार क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा फन्डबाट छात्रवृत्ति दिइनेछ।

पीडामा रहेका मानिसहरूलाई मद्दत गर्ने कार्य सुरुवात भएकोमा आफू गौरवान्वित भएको मनिषाले बताइन्। ‘

‘परिवारमा कसैलाई क्यान्सर लाग्दा परिवारलाई निकै गाह्रो पर्छ। आफ्नो सारा सम्पत्ति उपचारमा खर्चन्छन्। त्यो समय उक्त परिवारको बालबच्चाले पढ्न पाएका हुँदैनन्। त्यो समयमा सहयोग गर्न पाउनु त गर्वको कुरा हुन्छ,’ उनले भनिन्।

कोष स्थापना भएसँगै कोषले विभिन्न ठाउँका पीडित छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइने छ।

भविष्यमा भने जो पीडित जहाँ पढ्न रुचि राख्छ त्यहीँ पढ्ने वातावरण बनाउन सकिने ग्लोबल कलेजका प्रिन्सिपल ठगुन्नाले बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : २३ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल