अभिनेत्री कोइरालाले सुरु गरिन क्यान्सर एजुकेसन फन्ड | Khabarhub Khabarhub

अभिनेत्री कोइरालाले सुरु गरिन क्यान्सर एजुकेसन फन्ड


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले क्यान्सर एजुकेसन फन्ड स्थापना गरेकी छन्।

क्यान्सर जितेकी अभिनेत्री कोइलालले बिहीबार एक कार्यक्रमबीच ‘मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड’ नामक कोषको औपचारिक घोषणा गरेकी हुन् ।

ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार मनिषा कोइरालासँगै रहने बताइएको छ।

क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु फन्ड खडा गरिएको ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले बताए। उनका अनुसार क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा फन्डबाट छात्रवृत्ति दिइनेछ।

पीडामा रहेका मानिसहरूलाई मद्दत गर्ने कार्य सुरुवात भएकोमा आफू गौरवान्वित भएको मनिषाले बताइन्। ‘

‘परिवारमा कसैलाई क्यान्सर लाग्दा परिवारलाई निकै गाह्रो पर्छ। आफ्नो सारा सम्पत्ति उपचारमा खर्चन्छन्। त्यो समय उक्त परिवारको बालबच्चाले पढ्न पाएका हुँदैनन्। त्यो समयमा सहयोग गर्न पाउनु त गर्वको कुरा हुन्छ,’ उनले भनिन्।

कोष स्थापना भएसँगै कोषले विभिन्न ठाउँका पीडित छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइने छ।

भविष्यमा भने जो पीडित जहाँ पढ्न रुचि राख्छ त्यहीँ पढ्ने वातावरण बनाउन सकिने ग्लोबल कलेजका प्रिन्सिपल ठगुन्नाले बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : २३ बजे

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा

म्याग्दी– अपाङ्गता भएका व्यक्तिहरूले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

धरान– तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य