ओपोले नोभेम्बर १७ मा ‘ओपो ईन्नो डे २०२०’ आयोजना गर्दै « Khabarhub

ओपोले नोभेम्बर १७ मा ‘ओपो ईन्नो डे २०२०’ आयोजना गर्दै


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोभेम्बर महिनाको १७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ ।

कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोट मार्फत दुवैले नयाँ यूगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।

सन् २०१९मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ । पछिल्लो बर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो ।

यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफ थिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।

स्मार्टवाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी , ईमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस बर्ष थप नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रबर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्यतिर अग्रसर हुनका लागि ओपोसंग नोभेम्बर १७मा जोडिन कम्पनीले आग्रह गरेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १० : ५५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी