प्रिमियर लिगमा वेस्ट ह्यामको पुनरागमन जित | Khabarhub Khabarhub

प्रिमियर लिगमा वेस्ट ह्यामको पुनरागमन जित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई उसकै मैदानमा २–१ ले हराउँदै पुनरागमन जित निकालेको हो ।

इललान्ड रोड लिड्समा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको छैठौँ मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

२५औं मिनेटमा टोमास सौसेकले जारोड बोवेनको पासमा गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा एन्जेलो ओग्वोन्नाले आरोन क्रेसवेलको पासमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । सोही गोल नै निर्णायक पनि बन्यो ।

यो जितसँगै वेस्ट ह्याम १२ खेलबाट २० अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लिड्स १४ अंकसहित १४औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र