प्रिमियर लिगमा वेस्ट ह्यामको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा वेस्ट ह्यामको पुनरागमन जित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई उसकै मैदानमा २–१ ले हराउँदै पुनरागमन जित निकालेको हो ।

इललान्ड रोड लिड्समा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको छैठौँ मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

२५औं मिनेटमा टोमास सौसेकले जारोड बोवेनको पासमा गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा एन्जेलो ओग्वोन्नाले आरोन क्रेसवेलको पासमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । सोही गोल नै निर्णायक पनि बन्यो ।

यो जितसँगै वेस्ट ह्याम १२ खेलबाट २० अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लिड्स १४ अंकसहित १४औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : ३० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय