खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह « Khabarhub

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्ति गर्न सरकारी तवरबाट यथाशीघ्र आवश्यक पहल कदमी अगाडि बढाउनसमेत आग्रह गरेको छ ।

बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबाट कुटपिट गरी जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिई हत्यामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको विभाग सचिव बिनकुमार विश्वकर्माले जानकारी दिए ।

विभाग प्रमुख गोपालमान श्रेष्ठको सभापतित्वमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केही दिन अघि तनहुँमा प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारविरुद्ध यही मङ्सिर २९ गते पार्टीले देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त तथा प्रभावकारी बनाउन सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ ।

यसैगरी भ्रष्टाचारका विरुद्ध नागरिकस्तरबाट उठाइएका राजनीतिक र सामाजिक मुद्दाप्रति  विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : २० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच