सञ्चालनमा आएन आइसीयू | Khabarhub Khabarhub

सञ्चालनमा आएन आइसीयू


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेश सरकारको  सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई शैय्याको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको छ ।

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको हो ।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।

मङ्सिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए ।

उनले भने, ‘आइसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आइसीयू सञ्चालनमा समस्या छ,  अस्पतालमा कार्यरत डाक्टर र नर्सले आइसीयू सञ्चालनलाई तालीमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।’

आइसीयू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : १० बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको

एमाले केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार