मलेसियामा १ सय ५० नेपाली जेलमा « Khabarhub

मलेसियामा १ सय ५० नेपाली जेलमा


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ ।

क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका छन् ।

गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।

नेपालमा पनि धेरै बिदेशीहरु जेल पारेको प्रसंग उल्लेख गर्दै सचिव थापाले उनीहरुले पनि नेपालको कानूनले तोकेको सजाय भुक्तानी गरेर मात्र आफ्नो देश फर्किन सक्ने जनाए ।

धेरै नेपालीहरुले मलेसियाको कानून उलङ्घन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपाली जेल पर्ने गरेका छन् ।

सोही लाइभ कार्यक्रममा बोल्दै दूतावासका श्रमसहचारी प्रकाश पन्थीले आफू बसेको मुलुकको कानून पालना गर्न नेपालीहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : ०५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।