नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक « Khabarhub

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक डाकेको छ ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न बैठक डाकिएको कांग्रेसका सूचना अधिकारी केशब रिजालले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजे डाकिएको भए पनि ११ बजेपछि मात्रै सुरू हुने उनले जनाए ।

मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा श्रेष्ठको शुक्रबार निधन भएको थियो ।

उनको शवमा पार्टीको झण्डा ओडाएर शोक प्रस्ताव पारित गर्दै बैठक समापन हुने रिजालले बताए ।

स्व.श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : ३५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको