पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ ।

साथै पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नं १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १२ : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर