कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल « Khabarhub

कोरोनाको भ्याक्सिन सहज आपूर्ति सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए ।

विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।

अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र उपचार सरकारले गर्ने उल्लेख गरेका छन् । जनताको जीवनरक्षा र जीविकाको रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी ढंगले काम गरेको बताएका छन् ।

फरक प्रसंगमा उनले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए । मन्त्री पौडेलले नीजि, सहकारी र उत्पादनवाहक क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफलमार्फत समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १ : ५० बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार