नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देव ह्वाटमोर आउने सम्भावना बलियो | Khabarhub Khabarhub

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देव ह्वाटमोर आउने सम्भावना बलियो


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टोली झण्डै पछिल्लो एक वर्षयता मुख्य प्रशिक्षकविहीन छ । तत्कालिन प्रशिक्षक उमेश पटवालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिज काठमाडौँमा सम्पन्न भएलगत्तै राजीनामा दिएका थिए ।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षक खोज्ने प्रक्रिया सुरु गरेको हो । तर, १० महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।

त्यसोत, चैत महिना यता नेपाली खेलकुद नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भयो । मंसिर दोस्रो साताबाट नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणमा छ । प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक जगत टमटाले सम्हालिरहेका छन् ।

क्यानले प्रशिक्षक छनोटका लागि आवेदन सार्वजनिक गर्दै अन्तिम ३ जनाको नाम छनोट गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएको छ । क्यानले छनोट गरेका तीन जनामा देव ह्वाटमोर, अपूर्व देशाई र निल म्याक्रे छन् । प्रशिक्षक छनोट प्रक्रिया आफ्ना तर्फबाट पुरा गरिसकेको जनाएको छ ।

आईसीसीमा पठाएका नाममध्ये क्यानले श्रीलंकन मुलका अस्ट्रेलियन खेलाडी तथा प्रशिक्षक देव ह्वाटमोरलाई पहिलो प्राथमिकतामा राखेको छ । उनलाई पहिलो प्राथमिकतामा मात्रै होइन प्रशिक्षकको जिम्मेवारी नै दिन लागेको क्यान आईसीसीको निर्णय कुरेर बसेको छ ।

क्यान स्रोतले भन्यो, ‘हामी राम्रो प्रशिक्षक ल्याउन लागि परेका छौं । त्यसैले समय लागिरहेको छ । कतिकुराहरु हामीले सोचे जसरी सजिलो रुपमा भइ दिँदैन,’ स्रोतले खबरहबसँग भन्यो, ‘ह्वाटमोरलाई नै नेपाल ल्याउने हाम्रो प्रयास हो । त्यसलाई सार्थक बनाउन लागिपरेका छौं ।’

श्रीलंकन क्रिकेट टोलीको नेतृत्व गर्दै आईसीसी विश्वकप जिताएका ह्वाटमोर नेपाल आउन इच्छुक रहेको क्यान स्रोतले बताएको छ ।

को हुन् ह्वाटमोर ?

देब ह्वाटमोर विश्व क्रिकेटमा चर्चित नाम हो । यो नाम नेपाली क्रिकेट समर्थकका लागि समेत नयाँ होइन । सन् २०१७ मा उनले नेपाली क्रिकेट टीमलाई २ हप्ता अभ्यास गराएका थिए ।

श्रीलंकाको कोलम्बोमा जन्मीएका उनले अस्ट्रेलियाबाट क्रिकेट खेलेका हुन् । उनको परिवार अस्ट्रेलिया बसाई सरेपछि उनले उतैबाट क्रिकेट खेले ।

फस्ट क्लास क्रिकेट सन् १९७५ मा खेलेका उनी सन् १९७९ देखि ०८० सम्म मात्रै अस्ट्रेलियन टोलीमा रहे । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेले । सन् १९८८, १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले त्यसपछ भने आफुलाई प्रशिक्षकमा रुपान्तरण गरे।

दायाँ हाते ब्याट्सम्यान ह्वाटमोरले प्रशिक्षकका रुपमा भने विश्वभर ख्याति कमाए । उनलाई सफल बनाउने टीम हो श्रीलंका क्रिकेट । जसलाई उनले सन् १९९६ को आईसीसी विश्वकप उपाधि दिलाएका थिए । सामान्य जस्तै रहेको श्रीलंकन क्रिकेट टीमलाई उनले विश्वमाझ चिनाइ छाडे । अझ विश्व विजेता नै बनाए ।

श्रीलंकाबाट राजीनामा दिएपछि ह्वाटमोर बंगालादेश क्रिकेट टीमको प्रशिक्षकका रुपमा सन् २००३ देखि ००७ सम्म बंगलादेशमा काम गरे । जसमा उनको पालामा बंगलादेशले भारतलाई आईसीसी विश्वकपमा पराजित गर्न सफल भएको थियो ।

बंगलादेशबाट राजीनामा दिइसकेपछि कुनै समय भारत, इङ्ग्ल्यान्ड र पाकिस्तान क्रिकेट टीमले उनलाई प्रशिक्षक बनाउने तयारी गरेका थिए ।

विभिन्न कारणले गर्दा उनी यी तीनवटै टोलीको मुख्य प्रशिक्षक भएनन् । तर, पछि भारतीय यु–१९ क्रिकेट टीमको भने उनी प्रशिक्षक बने । उनकै नेतृत्वमा भारती टोलीले सन् २००८ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । जसको कप्तानी विराट कोहलीले गरेका थिए ।

पाकिस्तान क्रिकेट टीम र जिम्बाबेको मुख्य प्रशिक्षक भइसकेका उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी सिंगापुर क्रिकेट टोलीको मुख्य प्रशिक्षक छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : ०५ बजे

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको