नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देव ह्वाटमोर आउने सम्भावना बलियो « Khabarhub

नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा देव ह्वाटमोर आउने सम्भावना बलियो


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली क्रिकेट टोली झण्डै पछिल्लो एक वर्षयता मुख्य प्रशिक्षकविहीन छ । तत्कालिन प्रशिक्षक उमेश पटवालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिज काठमाडौँमा सम्पन्न भएलगत्तै राजीनामा दिएका थिए ।

त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षक खोज्ने प्रक्रिया सुरु गरेको हो । तर, १० महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रशिक्षक नियुक्त गर्न सकेको छैन ।

त्यसोत, चैत महिना यता नेपाली खेलकुद नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित भयो । मंसिर दोस्रो साताबाट नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणमा छ । प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक जगत टमटाले सम्हालिरहेका छन् ।

क्यानले प्रशिक्षक छनोटका लागि आवेदन सार्वजनिक गर्दै अन्तिम ३ जनाको नाम छनोट गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएको छ । क्यानले छनोट गरेका तीन जनामा देव ह्वाटमोर, अपूर्व देशाई र निल म्याक्रे छन् । प्रशिक्षक छनोट प्रक्रिया आफ्ना तर्फबाट पुरा गरिसकेको जनाएको छ ।

आईसीसीमा पठाएका नाममध्ये क्यानले श्रीलंकन मुलका अस्ट्रेलियन खेलाडी तथा प्रशिक्षक देव ह्वाटमोरलाई पहिलो प्राथमिकतामा राखेको छ । उनलाई पहिलो प्राथमिकतामा मात्रै होइन प्रशिक्षकको जिम्मेवारी नै दिन लागेको क्यान आईसीसीको निर्णय कुरेर बसेको छ ।

क्यान स्रोतले भन्यो, ‘हामी राम्रो प्रशिक्षक ल्याउन लागि परेका छौं । त्यसैले समय लागिरहेको छ । कतिकुराहरु हामीले सोचे जसरी सजिलो रुपमा भइ दिँदैन,’ स्रोतले खबरहबसँग भन्यो, ‘ह्वाटमोरलाई नै नेपाल ल्याउने हाम्रो प्रयास हो । त्यसलाई सार्थक बनाउन लागिपरेका छौं ।’

श्रीलंकन क्रिकेट टोलीको नेतृत्व गर्दै आईसीसी विश्वकप जिताएका ह्वाटमोर नेपाल आउन इच्छुक रहेको क्यान स्रोतले बताएको छ ।

को हुन् ह्वाटमोर ?

देब ह्वाटमोर विश्व क्रिकेटमा चर्चित नाम हो । यो नाम नेपाली क्रिकेट समर्थकका लागि समेत नयाँ होइन । सन् २०१७ मा उनले नेपाली क्रिकेट टीमलाई २ हप्ता अभ्यास गराएका थिए ।

श्रीलंकाको कोलम्बोमा जन्मीएका उनले अस्ट्रेलियाबाट क्रिकेट खेलेका हुन् । उनको परिवार अस्ट्रेलिया बसाई सरेपछि उनले उतैबाट क्रिकेट खेले ।

फस्ट क्लास क्रिकेट सन् १९७५ मा खेलेका उनी सन् १९७९ देखि ०८० सम्म मात्रै अस्ट्रेलियन टोलीमा रहे । अष्ट्रेलियाका लागि ७ टेष्ट र एक एकदिवसीय अन्तराष्ट्रिय खेल खेले । सन् १९८८, १९८९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका उनले त्यसपछ भने आफुलाई प्रशिक्षकमा रुपान्तरण गरे।

दायाँ हाते ब्याट्सम्यान ह्वाटमोरले प्रशिक्षकका रुपमा भने विश्वभर ख्याति कमाए । उनलाई सफल बनाउने टीम हो श्रीलंका क्रिकेट । जसलाई उनले सन् १९९६ को आईसीसी विश्वकप उपाधि दिलाएका थिए । सामान्य जस्तै रहेको श्रीलंकन क्रिकेट टीमलाई उनले विश्वमाझ चिनाइ छाडे । अझ विश्व विजेता नै बनाए ।

श्रीलंकाबाट राजीनामा दिएपछि ह्वाटमोर बंगालादेश क्रिकेट टीमको प्रशिक्षकका रुपमा सन् २००३ देखि ००७ सम्म बंगलादेशमा काम गरे । जसमा उनको पालामा बंगलादेशले भारतलाई आईसीसी विश्वकपमा पराजित गर्न सफल भएको थियो ।

बंगलादेशबाट राजीनामा दिइसकेपछि कुनै समय भारत, इङ्ग्ल्यान्ड र पाकिस्तान क्रिकेट टीमले उनलाई प्रशिक्षक बनाउने तयारी गरेका थिए ।

विभिन्न कारणले गर्दा उनी यी तीनवटै टोलीको मुख्य प्रशिक्षक भएनन् । तर, पछि भारतीय यु–१९ क्रिकेट टीमको भने उनी प्रशिक्षक बने । उनकै नेतृत्वमा भारती टोलीले सन् २००८ को यु–१९ विश्वकपको उपाधि हात पारेको थियो । जसको कप्तानी विराट कोहलीले गरेका थिए ।

पाकिस्तान क्रिकेट टीम र जिम्बाबेको मुख्य प्रशिक्षक भइसकेका उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सको पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी सिंगापुर क्रिकेट टोलीको मुख्य प्रशिक्षक छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : ०५ बजे

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको