सम्वृद्धिको लक्ष्य हासिल गर्न प्रवासी नेपालीको भूमिका महत्वपूर्ण : राजदूत भारद्वाज « Khabarhub

सम्वृद्धिको लक्ष्य हासिल गर्न प्रवासी नेपालीको भूमिका महत्वपूर्ण : राजदूत भारद्वाज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्त गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

गैरआवसीय नेपाली संघ कतारको भर्चुअल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाज विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने बताए ।

कोरोना भाइरसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि एनआरएनए कतारले राहत तथा उद्दारमा गरेको योगदान उदारणीय रहेको भन्दै प्रशंसा गरेका थियो ।

उनले कोरोना महामारीको समयमा विदेशी भूमिमा आतंकित बनेको नेपाली समुदायलाई सचेतना फैलाउँने, विरामीलाई हौषला र उत्साह प्रदान गर्ने, राहत तथा उद्दारमा कतारस्थित नेपाली दूतावाससँग समन्वय गरेर गरेको कार्यको सधै उच्च मुल्याङकन हुने बताए ।

उनले कतार सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनमा प्रवासीहरुलाई भेदभाव नगरी राहत र व्यवस्थापनमा जुट्दा कम क्षतिमा छोटो समयमै व्यवस्थापन गर्न सफल भएको बताएका थिए ।

परिषद भेलामा संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

सबैभन्दा धेरै नेपालीहरु रोजगारीको लागि गएको मध्यपूर्व कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली दूतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भूमिका उत्कृष्ट रहेको बताए ।

भेलाले महासचिव पदम गिरीले प्रस्तुत गरेका प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाले प्रस्तुत गरेको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको गैरआवसीय नेपाली संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : १८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण