सम्वृद्धिको लक्ष्य हासिल गर्न प्रवासी नेपालीको भूमिका महत्वपूर्ण : राजदूत भारद्वाज « Khabarhub

सम्वृद्धिको लक्ष्य हासिल गर्न प्रवासी नेपालीको भूमिका महत्वपूर्ण : राजदूत भारद्वाज


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले नेपाल सरकारले लिएको सम्वृद्धिको लक्ष्य प्राप्त गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

गैरआवसीय नेपाली संघ कतारको भर्चुअल माध्यमबाट भएको दोस्रो परिषद भेलालाई सम्बोधन गर्दै राजदूत भारद्वाज विदेशमा नेपालीले सिकेको सीप र आर्जन गरेको पूँजीलाई नेपालमै उत्पादनको क्षेत्रमा लगानी गर्न सके सरकारको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहज हुने बताए ।

कोरोना भाइरसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि एनआरएनए कतारले राहत तथा उद्दारमा गरेको योगदान उदारणीय रहेको भन्दै प्रशंसा गरेका थियो ।

उनले कोरोना महामारीको समयमा विदेशी भूमिमा आतंकित बनेको नेपाली समुदायलाई सचेतना फैलाउँने, विरामीलाई हौषला र उत्साह प्रदान गर्ने, राहत तथा उद्दारमा कतारस्थित नेपाली दूतावाससँग समन्वय गरेर गरेको कार्यको सधै उच्च मुल्याङकन हुने बताए ।

उनले कतार सरकारले कोरोना रोकथाम तथा व्यवस्थापनमा प्रवासीहरुलाई भेदभाव नगरी राहत र व्यवस्थापनमा जुट्दा कम क्षतिमा छोटो समयमै व्यवस्थापन गर्न सफल भएको बताएका थिए ।

परिषद भेलामा संघका अध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि नेपाल सरकारले छुट्टै श्रमिक बैंक सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

सबैभन्दा धेरै नेपालीहरु रोजगारीको लागि गएको मध्यपूर्व कतारमा कोरोनाको प्रभाव पनि सबैभन्दा धेरै रहेको समयमा नेपाली दूतावास र एनआरएनए कतारले व्यवस्थापनमा देखाएको सक्रियता र खेलेको भूमिका उत्कृष्ट रहेको बताए ।

भेलाले महासचिव पदम गिरीले प्रस्तुत गरेका प्रगती प्रतिवेदन, कोषाध्यक्ष विनोद प्रसाद बसौलाले प्रस्तुत गरेको आर्थिक तथा लेखा प्रतिवेदन र प्रथम उपाध्यक्ष एवम श्रमिक विभाग प्रमुख उत्तम गुरुङले प्रस्तुत गरेको श्रमिक विभागको प्रतिवेदन पारित गरेको गैरआवसीय नेपाली संघ कतारका प्रवक्ता सन्तोष क्षत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  २ : १८ बजे

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४