के हो ब्रोनकाइटिस ? यी हुन लक्षण र उपचार « Khabarhub

के हो ब्रोनकाइटिस ? यी हुन लक्षण र उपचार


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडोमा छातीसम्बन्धि समस्यासँगै ब्रोनकाइटिसको समस्या धेरै हुने गर्दछ । विशेषगरी ब्रोनकाइटिसको जोखिममा बालबालिका तथा वृद्धवृद्धा हुन्छन् । त्यस्तै, धुमपान गर्नेहरुमा पनि यसको जोखिम धेरै हुने गर्छ ।

ब्रोनकाइटिसको समस्या विशेषगरी, भाइरस, व्याक्टेरिया, धुमपान वा रसायनिक पदार्थको सम्पर्कमा आउनाले हुने गर्छ । जब श्वास नलीको टिस्यू उत्तेजित हुन्छ, तब त्यसमा रहेका रौले काम गर्न बन्द गर्छन् । जसका कारण श्वास नलीमा खकार भरिएर थप उत्तेजित हुन्छ ।

परिणामस्वरुप ब्रोनकाइटिसका समस्या भएका व्यक्तिमा गाढा रङ्गको खकारका साथमा अत्यधिक खोकीको समस्या हुने गर्छ । ब्रोनकाइटिस भएमा श्वासनली सुन्निने गर्छ । जसका कारण बिरामीले फोक्सोको सहायताले पर्याप्त मात्रामा अक्सिजन वा हावा लिन सक्दैनन् ।

लक्षण
ब्रोनकाइटिसका लक्षणमा जलन पैदा हुनु, सुन्निनु, खोकी लाग्नु, सेतो, हरियो वा खैरो रङ्गको खकार जम्मा हुनु, घाँटी खसखस हुनु, थकान महसुस हुनु, ज्वरो आउनु, रुघाखोकी, छाती दुख्नु वा नाकबाट सिँगान बग्नु प्रमुख लक्षण हुन् ।

उपचार
– दूधमा दुई चम्चा मह मिसाएर पिएमा तुरुन्तै खोकी कम हुन्छ ।
– एक चिम्टी बेसारलाई एक गिलास दूधमा उमालेर एक चम्चा घ्यूका साथ खालीपेटमा दैनिक तीन पटक खाएमा ब्रोनकाइटिसको समस्या कम हुँदै जान्छ ।
– अदूवा र दालचिनीलाई बराबर पिसेर धुलो बनाई आधा गिलास पानीमा एक चम्मा हालेर उमाल्ने तात्तातै सेवन गरे बिस्तारै राहत मिल्दछ ।
– अदूवा र हर्रोलाई आधा चम्चा चूर्णलाई दुई चम्चा सख्खरमा मिसाएर सेवन गर्नाले ब्रोनकाइटिसको समस्याबाट राहत महसुस हुन्छ ।
– १५ ग्राम महमा पाँच ग्राम अदूवाको धुलो मिलाएर एक महिना नियमित सेवन गर्ने ।
– नियमित स्याउको सेवन वा दुई चम्चा अमलाको रसको सेवनले गरे फाइदा मिल्छ ।
– तीन पोटी लसुनलाई काटेर दूधसित उमाली राती सुत्नु अघि ब्रोनकाइटिसका बिरामीले यसको सेवन जति गर्न सक्यो उति नै फाइदाजनक हुन्छ ।
– त्यसबाहेक, धुमपानबाट टाढा रहनुका साथै कफिन तथा अल्कोहलको सेवन गर्नबाट बच्नु पर्छ ।
– रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहने, निमोनिया विरुद्धको खोप लगाउने र चिसो तथा प्रदुषणबाट बचेमा ब्रोनकाइटिसले भेट्न सक्दैन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ४४ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा