सासुलाई नदेखाउन पोष्टर हटाउने अभिनेत्री « Khabarhub

सासुलाई नदेखाउन पोष्टर हटाउने अभिनेत्री


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुराना हिन्दि फिल्मकी चर्चित अभिनेत्री शर्मिला टैगोर निकै सफल मानिन्छिन् । अभिनेता शेफ अली खान र अभिनेत्री सोहा अलि खानकी आमा शर्मिला आफ्नो जमानामा निकै हिट मानिन्थिन् ।

शर्मिलाले कश्मीर की कली, वक्त, आराधना, आमने सामने जस्ता सुपरहिट फिल्ममा आफ्नो अभिनयमार्फत दर्शकको मन जितेकी थिइन् । उनको विवाह मंसूर अली खान पटौदीसंग भएको थियो । विवाहपछि शर्मिलाको चर्चा झन् हुन थाल्यो । कारण मंसूर अलि पटौदीका राजकुमार थिए ।

शर्मिलाले एक फिल्मका क्रममा गरेको हट स्विमसूटका कारण निकै चर्चामा थिइन् । सन् १९६७ मा आएको फिल्म एन ईवनिङ इन पेरिस’मा शर्मिलाले स्विमसूटमा फोटो सुट गराएकि थिइन् । यस्तो गर्ने उनी पहिलो भारतीय अभिनेत्री थिइन् ।

एन ईवनिंग इन पेरिस’ रिलिजताका शर्मिलाको एक प्रसंग निकै चर्चित रह्यो । शर्मिला र मंसूर रिलेशनशिपमा थिए । मंसूरकी आमा शर्मिला भेट्न मुम्बई आउँदै थिइन् । तर मुम्बई भरी उनको स्विमसूटयुक्त फिल्मको पोस्टर टासिएको थियो । जसमा शर्मिलाले डराएर मंसुरकि आमा नआउँदै पोष्टर हटाउन प्रोड्यूसरलाई आग्रह गरिन् । र उनको सबै पोष्टर रातारात हटाइएको थियो ।

स्विमसूट अगावै शर्मिलाले बोल्ड अवतारमा फिल्मफेयर म्यागजिनमा समेत टू पीस बिकिनी लगाएर फोटोसुट गरेकी थिइन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : १५ बजे

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न