सासुलाई नदेखाउन पोष्टर हटाउने अभिनेत्री « Khabarhub

सासुलाई नदेखाउन पोष्टर हटाउने अभिनेत्री


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुराना हिन्दि फिल्मकी चर्चित अभिनेत्री शर्मिला टैगोर निकै सफल मानिन्छिन् । अभिनेता शेफ अली खान र अभिनेत्री सोहा अलि खानकी आमा शर्मिला आफ्नो जमानामा निकै हिट मानिन्थिन् ।

शर्मिलाले कश्मीर की कली, वक्त, आराधना, आमने सामने जस्ता सुपरहिट फिल्ममा आफ्नो अभिनयमार्फत दर्शकको मन जितेकी थिइन् । उनको विवाह मंसूर अली खान पटौदीसंग भएको थियो । विवाहपछि शर्मिलाको चर्चा झन् हुन थाल्यो । कारण मंसूर अलि पटौदीका राजकुमार थिए ।

शर्मिलाले एक फिल्मका क्रममा गरेको हट स्विमसूटका कारण निकै चर्चामा थिइन् । सन् १९६७ मा आएको फिल्म एन ईवनिङ इन पेरिस’मा शर्मिलाले स्विमसूटमा फोटो सुट गराएकि थिइन् । यस्तो गर्ने उनी पहिलो भारतीय अभिनेत्री थिइन् ।

एन ईवनिंग इन पेरिस’ रिलिजताका शर्मिलाको एक प्रसंग निकै चर्चित रह्यो । शर्मिला र मंसूर रिलेशनशिपमा थिए । मंसूरकी आमा शर्मिला भेट्न मुम्बई आउँदै थिइन् । तर मुम्बई भरी उनको स्विमसूटयुक्त फिल्मको पोस्टर टासिएको थियो । जसमा शर्मिलाले डराएर मंसुरकि आमा नआउँदै पोष्टर हटाउन प्रोड्यूसरलाई आग्रह गरिन् । र उनको सबै पोष्टर रातारात हटाइएको थियो ।

स्विमसूट अगावै शर्मिलाले बोल्ड अवतारमा फिल्मफेयर म्यागजिनमा समेत टू पीस बिकिनी लगाएर फोटोसुट गरेकी थिइन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ३ : १५ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी