संवैधानिक परिषदको बैठकमा देउवा सहभागी नहुने « Khabarhub

संवैधानिक परिषदको बैठकमा देउवा सहभागी नहुने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको परिषद्को बैठकमा सभापति देउवा सहभागी हुन नसक्ने उनी निकट स्रोतले जानकारी दिएको हो ।

उनका अनुसार २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने जनाएका हुन ।

कांग्रेसले यसअघि नै मङ्सिर २९ गते सरकारको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । प्रदर्शनको एक दिन अगाडि संवैधानिक परिषदको बैठक बोलाइएकोप्रति कांग्रेस नेताहरुले समेत आशंका गरेका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा टिप्पणी गर्दै लेखेका छन्, ‘कांग्रेसको पूर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलु या बाह्य कुनैपनी भेला, छलफल या बैठक, हाम्रो प्राथमिकतामा रहन्न ! मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !’

यस्तो छ शर्माको ट्वीट

परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । तर, बैठकमा देउवा उपस्थित नहुने भएपछि आइतबारको बैठक प्रभावित हुने देखिएको छ ।

संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ ।

परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।

प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति हुने व्यवस्था छ । अहिले ४६ स्थान रिक्त छन् ।

जानकारहरूका अनुसार संवैधानिक आयोगहरूमा हुने नियुक्तिमा सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डा मिल्न नसक्दा समस्या निम्तिदै आएको छ । सत्तापक्ष र प्रतिपक्षमात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत भागबण्डा नमिलेको बताइन्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ४ : ४५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका