काठमाडौँ उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन ।

नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ। जसमध्ये ८७ हजार ७२७ जना निको भएका छन् भने ४४१ को मृत्यु भएको छ ।

हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ५२० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

मन्त्रालयका  अनुसार हालसम्म ललितपुरमा कोरोना  संक्रमितको संख्या १४ हजार ३१७ पुगेको छ। जसमा १३ हजार २ सय ५८ जना निको भएका छन् भने १३२ को मृत्यु भएको छ । हाल ललितपुरमा सक्रिय संक्रमितको संख्या ९ सय २७ रहेको छ ।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४२७ पुगेको छ । जसमा ७ हजार ९४७ जना निको भएका छन् भने ९७ जना संक्रमितको मृत्यु भएको छ।

हाल भक्तपुरमा ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ०८ बजे

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर