काठमाडौँ उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन ।

नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ। जसमध्ये ८७ हजार ७२७ जना निको भएका छन् भने ४४१ को मृत्यु भएको छ ।

हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ५२० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

मन्त्रालयका  अनुसार हालसम्म ललितपुरमा कोरोना  संक्रमितको संख्या १४ हजार ३१७ पुगेको छ। जसमा १३ हजार २ सय ५८ जना निको भएका छन् भने १३२ को मृत्यु भएको छ । हाल ललितपुरमा सक्रिय संक्रमितको संख्या ९ सय २७ रहेको छ ।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४२७ पुगेको छ । जसमा ७ हजार ९४७ जना निको भएका छन् भने ९७ जना संक्रमितको मृत्यु भएको छ।

हाल भक्तपुरमा ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ०८ बजे

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले