२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको जानकारी दिएको छ । जसमध्ये ८९९ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ४, पर्सामा १, बारामा १, महोत्तरीमा ५, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा ३८१, काभ्रेमा ९, चितवनमा ३, दोलखामा ३, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा ३२, मकवानपुरमा १४, रसुवामा ३, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ३, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा २, बागलुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा ११, बाँकेमा ३३, रोल्पामा १ र रुपन्देहीमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको सल्यानमा १ र सुर्खेतमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ३, कैलालीमा ४, डडेल्धुरामा ७, डोटीमा १, बझाङमा ३ र बैतडीमा ६  जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : २० बजे

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले