पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सघाउनुस् : मन्त्री गुरुङ « Khabarhub

पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सघाउनुस् : मन्त्री गुरुङ


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आमसञ्चारमाध्यमसँग अपिल गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभालाई समापनमा उनले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।”

उनले नेपाली पत्रकारिता क्षेत्र उद्यमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हुँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबको पत्रकारिता देशको आर्थिक उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : ४८ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६