पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला | Khabarhub Khabarhub

पर्सा निकुञ्जपूर्व पहिलो पटक पाटेबाघ फेला


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा निकुञ्जपूर्व इलाममा पहिलो पटक लोपोन्मुख पाटेबाघ फेला परेको छ ।

इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सिसी क्यामरा फुटेजमा देखिएको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।

यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।  कञ्चनजंघा भूपरिधिमा जिपिएस कलर गरिएका १० रातो हाब्रे अनुगमन गर्न राखिएका २० क्यामेरा ट्रयापमध्ये एउटामा पाटेबाघ कैद भएको विभागले जनाएको हो ।

यससँगै पूर्वी पहाडी क्षेत्रको कञ्चनजंघा भूपरिधिमा बिरालो प्रजातिको संख्या आठ पुगेको छ ।

चितुवा, ध्वाँसे चितुवा, हिउँ चितुवा, सुनौलो बिरालो, चरी बाघ, वन बिरालो र छिरबिरे बिरालो विगतमा अभिलेखन भइसकेका छन् ।

उक्त जैविक मार्ग कञ्जनजंघा संरक्षण क्षेत्र र भारतको सिंघलीला निकुञ्जसँग जोडिएको छ । नेपालमा हालसम्म पाटेबाघको संख्या २३५ छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक