गौतमबुद्ध कप क्रिकेट : वाग्मतीविरुद्ध नारायणीको जित « Khabarhub

गौतमबुद्ध कप क्रिकेट : वाग्मतीविरुद्ध नारायणीको जित


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आजबाट सुरु भएको गौतमबुद्ध कप क्रिकेटमा नारायणीले जित हात पारेको छ । वाग्मतीलाई सुपर ओभरमा हराउँदै नारायणीले विजयी सुरुवात गरेको हो ।

सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा तीन टिम वाग्मती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए ।

वाग्मती टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले गरेका छन् । यस्तै नारायणीको कप्तानमा सुवास खकुरेल छन् ।

यसअघि पूर्व राष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हालेका हुन । राप्तीको कप्तानमा विनोद भण्डारीले गरेका छन् ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् ।

शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ४१ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान