आउँदो नयाँ वर्ष रुबीभ्यालीमा मोटर पुग्छ : मन्त्री फुयाँल « Khabarhub

आउँदो नयाँ वर्ष रुबीभ्यालीमा मोटर पुग्छ : मन्त्री फुयाँल


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आगामी वर्षको पहिलो दिन नै रुबीभ्यालीमा मोटर बाटो पुर्‍याइने बताएका छन् ।

मन्त्री फुयाँलले नयाँ वर्षमा रुबीभ्यालीमा मोटर पु¥याउने प्रतिबद्धता गरिएको र सो पूरा गर्न तीव्रगतिमा काम गरिने उनको भनाइ थियो । रुबीभ्यालीलाई सडक सञ्जालले जोड्न सके पर्यटनको प्रचुर सम्भावना रहने बताए ।

मानव विकासको सूचकाङ्कमा प्रदेशको ११९औँ स्थानमा (सबैभन्दा पुछारमा) स्थानीय तहको रूपमा रहेको रुबीभ्यालीमा पिउनेपानीका लागि ‘एक घर एक धारो कार्यक्रम’ तथा सिँचाइका लागि कूलोको समेत व्यवस्था गरिने दाबी गरे ।

‘रुबीभ्याली प्रदेशमा भएका ११९ स्थानीय तहमध्ये मानव विकासको सूचकाङ्कमा सबैभन्दा पछाडि छ । विकट यस गाउँपालिकालाई नयाँ वर्ष २०७८ वैशाख १ गतेसम्म सडक यातायातले जोड्ने प्रयासस्वरुप हामीले काम गरिरहेका छौँ,’ मन्त्री फुँयालले भने ।

यस कार्यका लागि धादिङबाट प्रदेशसभा सदस्यमा निर्वाचित जगत सिंखडा तथा डा रामकुमार अधिकारीलगायतसँग छलफल गरिएको उनले जानकारी दिए ।

‘प्रदेश सरकारको बहुवर्षीय ठेक्कामा बोराङ हुँदै सेतुङ तथा सेतुङ हुँदै तिप्लिङसम्मको सडकखण्ड समयभित्र सम्पन्न गराउन, डुण्डुरेखोला पुल सम्पन्न गर्न, डुण्डुरेबाट किन्ताङ फेदीसम्मको सडक निर्माण सम्पन्न गर्न, आँखुखोला पुलको तत्काल निर्माण गर्ने गरी कार्यतालिका पनि बनेको छ,’ उनले भने ।

एक घर एक धारा कार्यक्रम कार्यान्वयन गर्न, तीनवटा सिँचाइ आयोजना चालु गर्न, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले एकीकृत पहल गर्न तथा सामूहिक पहलकदमीका लागि कार्यक्रम गरिएको मन्त्री फुँयालले बताए । सो कार्यका लागि आगामी पुस १६ गते एकीकृत बैठक बस्ने बताइएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुनुपरेको गाउँलाई सबैभन्दा पहिले ती सबै विकासको आधारको रूपमा रहेको सडक सञ्जालले जोड्ने र अन्य विकासका काम पनि सँगै गर्दै जानेतर्फ प्रदेश सरकार लागेको मन्त्री फुँयालले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : १५ बजे

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा