माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश « Khabarhub

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता एमालेमा प्रवेश गरेका छन् । आइतबार गौतमसहित नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला तथा प्रदेशस्तरीय नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे। एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उनीहरूलाई एमालेमा भित्र्याएका हुन् ।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना रहेका छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चार जना काठमाडौँ जिल्ला कमिटी सदस्य छन् ।

उता तीन जना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । दुई जना उपत्यका बाहिर भएकोले उपस्थिति हुन नसके पनि पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । एमालेको यात्रा थाल्नेमा एक जना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य पनि छन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ३३ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम