नाइजेरियामा बन्दूकधारी समूहद्वारा विद्यालयमा आक्रमण « Khabarhub

नाइजेरियामा बन्दूकधारी समूहद्वारा विद्यालयमा आक्रमण


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बन्दूकधारी समूहले उत्तरी नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको छ ।

उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गर्न सफल भएको बताइएको छ । तर प्रत्यक्षदर्शीले भने केही विद्यार्थीलाई बन्दूकधारीले अपहरण गरी लगेको जनाएका छन् ।

मोटरसाइकलमा आएको सशस्त्र समूहले एक सरकारी विद्यालयमा स्थानीय समय अनुसार साँझ आक्रमण गरेका थिए ।

“सशस्त्र लुटेराको उक्त समूह विद्यालयमा पसी विद्यार्थीलाई अपहरण गर्न खोजेको तर सेनाको सहयोगमा सुरक्षाकर्मीले करिब डेढघण्टा लामो प्रतिकार गरेपछि फर्किएको थियो,”प्रहरी प्रवक्ता इशा ग्याम्बोले बताए ।

प्रहरीले घटनामा के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । प्रहरीका अनुसार कोही विद्यार्थीलाई अपहरण गरी लगेको वा नलगेको भन्ने विषयमा खोजी कार्य भइरहेको छ ।

आक्रमणपछि भागेका करिब २०० आवासीय विद्यार्थी विद्यालयको सम्पर्कमा आइसकेको जनाइएको छ।

आक्रमणकारीले केही विद्यार्थीलाई अपहरण गरी लगेका छन् तर सङ्ख्या भने एकीन नभएको स्थानीय प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले पनि केही विद्यार्थीहरू अपहरणमा परेको बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ३२ बजे

कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने

बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय

काठमाडौं–१० मा मतगणना सुरु

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत