नाइजेरियामा बन्दूकधारी समूहद्वारा विद्यालयमा आक्रमण « Khabarhub

नाइजेरियामा बन्दूकधारी समूहद्वारा विद्यालयमा आक्रमण


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बन्दूकधारी समूहले उत्तरी नाइजेरियाको एक माध्यमिक विद्यालयमा आक्रमण गरेको छ ।

उक्त समूहले आक्रमण गरेपछि विद्यालयमा रहेको सयौँ विद्यार्थी भागेर जीवन रक्षा गर्न सफल भएको बताइएको छ । तर प्रत्यक्षदर्शीले भने केही विद्यार्थीलाई बन्दूकधारीले अपहरण गरी लगेको जनाएका छन् ।

मोटरसाइकलमा आएको सशस्त्र समूहले एक सरकारी विद्यालयमा स्थानीय समय अनुसार साँझ आक्रमण गरेका थिए ।

“सशस्त्र लुटेराको उक्त समूह विद्यालयमा पसी विद्यार्थीलाई अपहरण गर्न खोजेको तर सेनाको सहयोगमा सुरक्षाकर्मीले करिब डेढघण्टा लामो प्रतिकार गरेपछि फर्किएको थियो,”प्रहरी प्रवक्ता इशा ग्याम्बोले बताए ।

प्रहरीले घटनामा के कति क्षति भयो भन्नेबारे केही बताएको छैन । प्रहरीका अनुसार कोही विद्यार्थीलाई अपहरण गरी लगेको वा नलगेको भन्ने विषयमा खोजी कार्य भइरहेको छ ।

आक्रमणपछि भागेका करिब २०० आवासीय विद्यार्थी विद्यालयको सम्पर्कमा आइसकेको जनाइएको छ।

आक्रमणकारीले केही विद्यार्थीलाई अपहरण गरी लगेका छन् तर सङ्ख्या भने एकीन नभएको स्थानीय प्रत्यक्षदर्शीले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमले पनि केही विद्यार्थीहरू अपहरणमा परेको बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर