घडेरी किन्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस् « Khabarhub

घडेरी किन्दै हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनुस्


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज हामीले घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने केही कुराहरु उल्लेख गरेका छौं । जुन घडेरी किन्न लागेका व्यक्तिका लागि उपयोगी बन्न सक्छ ।

यस्ता कुरामा ध्यान दिनुस्

१.कानूनी पक्ष

लालपुर्जा, ट्रेस नक्सा, ब्लूप्रिन्टसँग देखाईएको जग्गा हेर्न जाँदै हुनुहुन्छ भने त्यति नै बेला जग्गा धनीलाई भनेर त्यो जग्गाको लालपुर्जा, ब्लूप्रिन्ट वा ट्रेस नक्सा ल्याउनु भन्नुपर्छ र लालपुर्जा, ब्लूप्रिन्ट, ट्रेस नक्सा पनि सँगै देखाएर त्यो जग्गा हो कि होइन हेर्नुपर्छ । आफूले किन्न लागेको जग्गासँग जोडिएका कानूनी पाटोबारे निकै सचेत रहनुपर्छ ।

२. जग्गाको इतिहास बुझ्ने

त्यो जग्गा प्लाटिङ हो या त्यो जग्गामा को कसको हक अधिकार लाग्छ यदि एकलौटि अधिकार छ भने त्यो जग्गा धनीसँग पनि कुरा गर्नुपर्छ । यदि त्यो जग्गा धनीको अरु पनि व्यक्ति छन् भने उनीहरुको राजीखुसी छर छैन हेर्नुपर्छ । त्यस्तै त्यो जग्गामा अशंबण्डा लाग्छ कि लाग्दैन गुठीको हो रहोइन बुझ्नुपर्छ ।

या त सार्वजनिक पो हो की ? यी कुराहरु कानूनी पक्षको हो । यो कुराहरु आफैँले बुझ्न सक्नुहुन्न वा सम्भव छैन भने तपाईले जग्गा नाप्ने व्यक्तिलाई लगेर बुझ्न सक्नुहुन्छ ।

३. मापदण्डका पक्ष

बाटोको चौडाइ कति छ यसको मापदण्ड कति छ भन्ने कुरा एकिन गरी राम्ररी बुझ्नु पर्छ । न्यूनतम जग्गाको क्षेत्रफल हाम्रो ऐन कानून भए अनुसार लालपुर्जा मा साढे २ आना भन्दा कम छ भने त्यस्तो जग्गा नक्सा पास हुदैन त्यसैले आफुले किन्न लागेको जग्गाको क्षेत्रफल कति छ हेर्नुपर्छ ।

४. हाईटेन्सन लाइन

जग्गा हेर्दा हाईटेन्सन लाईन भए नभएकोबारे एकदमै विचार गर्नुपर्ने हुन्छ । आफूले किन्न लागेको जगगामा कुलो, खोला वा नहर छ कि छैन हेर्नुपर्छ ।

५. जग्गाको पक्ष

जग्गाको आकार, जग्गा कतै भिरालो खोचवाला जमिनमा पो छ कि हेर्नु पर्छ ।

६. पानी र ढलको निकास

आफूले किन्न लागेको जग्गामा पानी र ढलको निकास राम्ररी छ कि छैन रु पानीको मुहानबारे पनि यहि बेलामा सोच्नुपर्छ ।

७. मुलबाटोसँगको पहुँच

बाटो र जग्गा कति तल माथि छ । राजकुलो छ कि छैन हेर्नुपर्छ ।

८. जग्गाको मोहोडा

जग्गा कतातिर फर्केको छ रु आकार रप्रकृति यसको उपयोगिताको पाटोहरु पनि घडेरी किन्दा नै विचार पुर्‍याउनुपर्छ । सामाजिक पक्ष पनि हेर्नुपर्छ ।

९. वास्तुको पक्षको विश्लेषण

आफ्नो जग्गा वरपरको समुदाय, वास्तुको पक्ष पनि हेर्नुपर्छ ।

१०. शान्ति-सुरक्षा

गास, बास र कपास पछि सुरक्षा आउने गर्दा पनि त्यो घडेरीमा घर बनाउँदा आफ्नो परिवारको बालबालिका कत्तिको सुरक्षित हुन्छन् भन्ने कुरा एकदमै ध्यान दिनुपर्छ ।

होहल्ला हुने, झैझगडा हुने, काटमार र अशान्ति भएको एरियामा घडेरी नकिन्नुहोस्। आफूले किन्दै गरेको जग्गाको सबै कुरा थाहा भएपछि त्यो ठाउँको भविष्य कस्तो छ पनि आजै सोच्न सक्नुपर्छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : ५४ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री