गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो। राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालमाथि मुद्दा दर्ता गरिएको उल्लेख छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथिसमेत भ्रष्टाचारको आरोप लगाइएको छ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा विनोद कुँवरको राहदानीमा जन्म मिति ५ वर्ष घटाइएको उल्लेख छ। उनको नागरिकतामा १९७६/१०/१३ जन्म मिति र राहदानीमा १९८१/१०/१३ उल्लेख छ।

सिमान्त विश्वकर्माको जन्म मिति २ वर्ष बढाइएको देखाइएको छ। उनको नागरिकतामा २००४/०९/०३ र राहदानीमा जन्म मिति २००२/०९/०३ जनाइएको उल्लेख छ।

गोविन्दप्रसाद ढुङ्गेलको जन्म मिति ५ वर्ष घटाएको उल्लेख छ। उनको नागरिकतामा १९८१/०७/२६ गते र राहदानीमा जन्म मिति १९८६/०७/२६ रहेको उल्लेख छ।

त्यस्तै बलराम महतोको जन्म मिति ८ वर्ष घटाइएको उल्लेख छ। उनको नागरिकतामा जन्म मिति १९८२/१०/२४ र राहदानीमा १९९०/१०/२४ रहेको उल्लेख छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब