जसले बालबच्चाको पेट पाल्न कपाल मुण्डन गरी १५० रुपैयाँमा बेचिन ! « Khabarhub

जसले बालबच्चाको पेट पाल्न कपाल मुण्डन गरी १५० रुपैयाँमा बेचिन !


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

छोरा-छोरीको माया सबैभन्दा बढी आमालाई नै हुन्छ । आफ्ना छोरा छोरीको खुशीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन्छिन्–आमा ।

बालबच्चको भोको पेट देख्न नसकेर एक आमाले आफ्नो कपाल मुण्डन गरी १ सय ५० रुपैयाँमा बेचेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना भारतको हो । तमिलनाडुकी एक विधवा महिलाले आफ्ना बालबच्चको पेट भर्नका लागि कपाल मुण्डन गरी बेचेकी हुन् । उनले आफ्नो कपाल बेचर आएको पैसाले भोकाएका बालबच्चालाई खाना खुवाएकी हुन् । उनले दैनिक समस्यासँग गुज्रिनुभन्दा प्राण त्याग्ने मनसाय पनि नबनाएकी होइनन्, तर बालबच्चाको मायाले यसो गर्न सकिनन् ।

तमिलनाडुको समेममा बस्दै आएकी ३१ वर्षीया प्रेमा नाम गरेकी ती महिलाका तीन सन्तान छन् । एउटा पाँच वर्ष, अरु ३ र २ वर्षका छन् । उनका पतिको भने सात महिना पहिले मृत्यु भएको थियो । ऋणको बोझ उठाउन नसकेपछि उनका पतिले आत्महत्या गरेका थिए ।

उनले बालबच्चाको पेट पाल्नका लागि छिमेकीहरुसँग ऋण पनि खोजेकी थिइन् । तर, कसैले ऋण नदिए पछि अन्नतः आफ्नै कपाल बेच्न बाध्य भएको जनाइएको छ ।

एक दिन त कपाल बेचरे बच्चालाई खाना खुवाइन तर भोलि फेरि के गर्ने भन्ने पिरलोले उनले आत्महत्या गर्ने निधो गरेकी थिइन । जसका लागि उनी विष किन्न पसलमा समेत पुगिन तर, पसलेले शंका लागेपछि उनलाई दिएनन् ।

खबर बाहिरिएपछि एक ग्राफिक डिजाइनरले उनको मद्दतका लागि सार्वजनिक अपिल गरेका थिए । जसबाट १ लाख ४५ हजार फण्ड जम्मा भएको थियो । उक्त रकम ती महिलाई प्रदान गरिएको छ । यसका साथै सलेम जिल्ला प्रशासनले समेत विधवा भत्ता पनि ती महिलाई प्रदान गरेको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ०९ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९