गलत औषधिको प्रयोगले मिर्गौला हुनसक्छ फेल « Khabarhub

गलत औषधिको प्रयोगले मिर्गौला हुनसक्छ फेल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । हाम्रो शरीरमा दुई वटा मिर्गौला कम्मर माथि मेरुदण्डको दुई तिर सिमीको आकारमा रहेका हुन्छन् ।

२४ घण्टामा दुवै मिर्गौलाले जम्मा १ सय २० लिटर देखि १ सय ५० लिटरसम्म रगत छान्द छन् । यस्तै त्यो मध्ये २ लिटर जति पिसाबको रुपमा शरीरबाट बाहिर र बाँकी पुनः अवशोषित हुन्छ ।

शरीरमा उत्पादित विजातीय पदार्थ, अनावश्यक पदार्थ र औषधिहरु पिसाबको रुपमा बाहिर पठाउन मिर्गौलाको ठूलो भूमिका हुन्छ । यी बाहेक मिर्गौलाको अन्य कार्य पनि छन् ।

मिर्गौलाको काम यस्तो छ

–रेनिन नामक हर्मोनको उत्पादन गर्नु । जसले रक्तचापलाई नियन्त्रित गरिरहेको हुन्छ,

– लवण, खनिज तथा जल तत्वको सन्तुलन मिलाउनु,

– रक्तचाप, तापमान नियन्त्रित गर्नु,

–अम्ल–क्षरको सन्तुलन मिलाउनु,

–शरीरको आन्तरिक वातावरण सन्तुलन राख्नु ।

किन बढ्दैछन् मिर्गौलाका बिरामी ?

आजभोली मिर्गौलाका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । विश्व स्वस्थ्य संगठनका अनुसार विश्वभर कुल जनसंख्याको दश प्रतिशत व्यक्ति मिर्गौला रोगबाट प्रभावित छन् । प्रत्येक वर्ष विश्वमा १४ लाख व्यक्तिले मिर्गौला प्रत्यारोपण गराइरहेका हुन्छन् ।

नेपालमा मासिक २५ सय जनालाई मिर्गौला सम्बन्धि रोग देखा परेको छ ।

मिर्गौला रोगको कारण

–हानिकारक रासायनिक पदार्थको अनियमित प्रयोग गरिएका खाद्य वस्तुको अधिक प्रयोग,

–अत्याधिक मात्रामा दुखाइका औषधि ( पेन किलर औषधि)को प्रयोग,

–बढ्दो उच्च रक्तचाप र मधुमेह रोग,

–उच्च रक्तचाप, मधुमेह जस्तो रोगमा प्रयोग गरिने केमिकल औषधिहरुको लामो समय सम्मको प्रयोग,

– एन्टिबायोठिकको अत्याधिक प्रयोग,

–मिर्गौलाको संक्रमण तथा यसको समयमै उपचार नहुनु ।

मिर्गौलामा संक्रमण देखिदा यसको समयमै उपचार नभए मिर्गौला फेल हुन्छ । मिर्गौला फेल भएमा निरन्तर डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

मिर्गौला रोगकाे लक्षण

–अनुहार र आँखाका डिल सुन्निनु,

–शरीर सुन्निनु,

–मिर्गौलाको जाँचमा वा रगतमा यूरिया, क्रियाटिनिन जस्ता तत्व वा एल्वुमिवको मात्रा बढी देखिनु,

– पिसाबको मात्रा, गन्ध, रंग र स्वरुप परिवर्तन हुनु ।

मिर्गौला रोगबाट कसरी बच्ने ?

–दिनभरीमा पटक–पटक पानी प्रशस्त पिउने,

– टाउको दुख्यो भन्दैमा वा समान्य बिरामीमा जथाथावी आफ्नै इच्छाले दुखाइका औषधि तथा एन्टीवायोटिकहरु प्रयोग गर्नु हुँदैन,

– मधुमेह वा उच्च रत्तःचापमा यथासम्भव स्वस्थ्यकर्मीको परामर्शमा औषधि सेवन गर्ने,

–रासायनिक तत्व प्रयोग नगरिएका खाद्य पदार्थको प्रयोग गर्ने,

– सन्तुलित आहार खाने,

– नियमित शारीरिक व्यायाम गर्ने,

– सक्रिय जीवनशैली अपनाउने,

– मधुमेह, उच्च रक्तचाप लाग्न नदिने र यी रोग लागेमा समयमै नियन्त्रणको उपाय अपनाउने,

–प्रसस्त मात्रामा फलफूल तथा सागपात खाने,

– मिर्गौला रोग लाग्नै नदिन नियमित रुपमा सुगर, पिसाव, युरिया, क्रियाटिनिन परीक्षण गराउनुपर्छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १ : ०६ बजे

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड

होर्मुज संकट थप चर्कियो : हुथीको धम्की साउदी अरब पनि युद्धमा तानिने चिन्ता

काठमाडौं- मध्यपूर्वमा बढ्दो तनावबीच यमनका हुथी विद्रोहीको नयाँ चेतावनी आएको

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि

जापानमा ‘क्रूर गर्मी’ को चेतावनी

टोकियो- जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि

फेरि पक्राउ परे व्यवसायी शंकर अग्रवाल

काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ परेका छन्