आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई दिने सेरेनाको घोषणा « Khabarhub

आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई दिने सेरेनाको घोषणा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी खेलाडी सेरेना विलियम्सले एटीपी एउक्ल्याण्ड ओपनमा उपाधि हात पारेकी छन् ।

उनले एटीपी एउक्ल्याण्ड ओपनमा अमेरिकाकै जेसिइका पेगुलालाई पराजित गर्दै उपाधि हात पारेकी हुन् । तीन बर्षपछि उनले पहिलो पटक उपाधी जितेकी हुन् ।

२३ पटक ग्राण्डस्लाम जितिसकेकी विलियम्सले आफ्नै देशकी पेगुलालाई ६–३ र ६–४ को सेटमा पराजित गरिन् ।

विलियम्सको यो २०१७ को अस्ट्रेलिया ओपनको व्यक्तिगततर्फ जितेको उपाधि पछिको पहिलो हो भने समग्रमा ७३ औं उपाधि हो ।

विलियम्स यसअघि २०१८ र २०१९ मा विम्बलडन र युएस ओपनको फाइनलमा पराजित भएकी थिइन् भने २०१९ मै रोगेर्स कपको फाइनलमा सन्यास लिएकी थिइन् ।

विलियम्सले न्युजिल्यान्डबाटै आफूले जितेको पुरस्कार रकम अस्ट्रेलियाका आगलागी पीडितलाई सहयोग गर्ने बताएकी छिन् ।

‘खुसी लागेको छ । उपाधि उचाल्न नपाएको धेरै समय भइसकेको थियो । तपाईहरुले मेरो अनुहारमा पनि ‘रिलिभ’ देख्नु भएको होला,’ विलियम्सले खेल पछि भनिन्,‘मैले लामो समय खेलमा विताइसकेकी छु । म आफुलाई मन पर्ने काम गर्न पाएकोमा खुसी छु ।’

यो बर्षको अस्ट्रेलिया ओपन आउँदो २० तारिखदेखि सुरु हुँदैछ । त्यसमा विलियम्सले उपाधि हात पानै सके उनले मार्गरेट कोर्टको २४ उपाधिको किर्तिमानलाई बराबरी गर्ने छिन् ।

विलियम्सले वुमन्स टेनिस एसोसिएसन अन्तरगत पहिलो उपाधि सन् १९९९ मा हात पारेकि थिइन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १ : ०१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले