रमित ढुंगानाका गुरु राजेश हमाल « Khabarhub

रमित ढुंगानाका गुरु राजेश हमाल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए ।

जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो?

रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष पुग्नुभयो भने हामी त उहाँभन्दा धेरै जुनियर हौँ ।

रमितको यो जवाफले एकछिन रमाइलो फैलिएको थियो । राजेश हमालले पनि ठट्टैमा आफू बल्ल २५ वर्ष पुगेको बताउने गरेका छन् । यो रमाइलोलाई फ्यानहरुले पनि रमाइलाका रुपमा लिने गरेका छन् ।

जन्मदिनको अवसरमा भेटिएका रमितले आफ्नो छोरा ओजश्वीलाई नेपाली फिल्ममा डेब्यु गराउन चाहेको पनि खुलाए । रमितका छोरा ओजस्वीले कम्प्युटर इन्जिनियरिङ विषय लिएर अमेरिकामा अध्ययन गरिरहेका छन् ।

रमितले छोराले चासो देखाएकाले ‘माया नमार २’ बाट डेब्यु गराउन चाहेको बताए । उनले भने, ‘छोराको आफ्नै चाहनाले फिल्ममा डेब्यु गराउने योजना बनाएका हौं ।’

फिल्मका लागि ओजश्वी अझै तयार नभएको र यसका लागि समय लाग्ने पनि रमितले बताए । रमितले वि‍.सं. २०६१ मा ‘माया नमार’ नामक फिल्मबाट फिल्म उद्योगमा डेब्यु गरेका थिए । उनी त्यतिबेला १९ वर्षका थिए ।

लामो समय नेपाली फिल्म क्षेत्रमा सक्रिय रमित पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनलाई अब फिल्म ‘राजा साहेब’ मा देख्न सकिनेछ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  २ : २८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।