रमित ढुंगानाका गुरु राजेश हमाल « Khabarhub

रमित ढुंगानाका गुरु राजेश हमाल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता रमित ढुंगानाले महानायक राजेश हमाललाई आफूले गुरु मान्ने बताएका छन् । आइतवार काठमाडौंमा आफ्नो जन्मदिन मनाउने क्रममा उनले राजेश हमाललाई दाइ र गुरु भनी सम्मान दिने गरेको बताए ।

जन्मदिनको माहोलमा रमितलाई पत्रकारले प्रश्न राखे – तपाईंको उमेर कति पुग्यो?

रमितले पनि मजाकका साथ भने – अब हाम्रो गुरु बल्ल २५ वर्ष पुग्नुभयो भने हामी त उहाँभन्दा धेरै जुनियर हौँ ।

रमितको यो जवाफले एकछिन रमाइलो फैलिएको थियो । राजेश हमालले पनि ठट्टैमा आफू बल्ल २५ वर्ष पुगेको बताउने गरेका छन् । यो रमाइलोलाई फ्यानहरुले पनि रमाइलाका रुपमा लिने गरेका छन् ।

जन्मदिनको अवसरमा भेटिएका रमितले आफ्नो छोरा ओजश्वीलाई नेपाली फिल्ममा डेब्यु गराउन चाहेको पनि खुलाए । रमितका छोरा ओजस्वीले कम्प्युटर इन्जिनियरिङ विषय लिएर अमेरिकामा अध्ययन गरिरहेका छन् ।

रमितले छोराले चासो देखाएकाले ‘माया नमार २’ बाट डेब्यु गराउन चाहेको बताए । उनले भने, ‘छोराको आफ्नै चाहनाले फिल्ममा डेब्यु गराउने योजना बनाएका हौं ।’

फिल्मका लागि ओजश्वी अझै तयार नभएको र यसका लागि समय लाग्ने पनि रमितले बताए । रमितले वि‍.सं. २०६१ मा ‘माया नमार’ नामक फिल्मबाट फिल्म उद्योगमा डेब्यु गरेका थिए । उनी त्यतिबेला १९ वर्षका थिए ।

लामो समय नेपाली फिल्म क्षेत्रमा सक्रिय रमित पछिल्लो समय भने फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनलाई अब फिल्म ‘राजा साहेब’ मा देख्न सकिनेछ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  २ : २८ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस