मेलम्ची सुरुङ निर्माणको काम अन्तिम चरणमा, २ महिना भित्रै फिनिसिङ सकिने « Khabarhub

मेलम्ची सुरुङ निर्माणको काम अन्तिम चरणमा, २ महिना भित्रै फिनिसिङ सकिने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ ।

४ महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा सुरुङमा भूइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो ।

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । नियमितरूपमा काम गरिरहँदा आगामी २ महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ । उनले भने, ‘यही गतिमा काम भइरहँदा २ महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।’

आयोजना निर्माणका क्रममा यस अघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताउनुभयो । अहिले सो आयोजनाको समस्याका रूपमा सिएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ ।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ । मेलम्ची काठमाडौँमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ३ : ४४ बजे

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो

काठमाडौं– खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन