‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने « Khabarhub

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन निर्माण हुने भएको छ । एक नेपाली निर्माण कम्पनी एवम् वितरक युवा फिल्मसले चलचित्रको नेपाली भर्सनको निर्माणका लागि अनुमति लिएको हो ।

युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएको जानकारी अनुसार अर्जुन रेड्डीको नेपाली भर्सन बन्ने भएको हो । ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ ।

साउथ स्टार विजय देवगरकोन्डा अभिनित यो चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए ।  यसको रिमेक बन्ने चर्चा पहिलदेखि नै थियो ।

चलचित्रको हिन्दी रिमेकमा ‘कबीर सि‍ंह’ निर्माण भएको थियो । जुन फिल्म बलिउडमा सफल भएको थियो । फिल्ममा शाहिद कपूरले शीर्ष भूमिका निभाएका थिए ।

युवा फिल्मसले यसअघि कबड्डी , पुरानो डुङ्गा लगायतका फिल्म अमेरिकामा वितरण गरेको थियो ।

नेपालमा फिल्मको आधिकारिक अनुमति लिएर फिल्म निर्माण गर्ने चलन छैन । त्यसैले फिल्मले चोरीको आरोप पनि खेप्दै आएका छन् ।

युवा फिल्मसले अनुमति लिएर फिल्म निर्माण गर्न लागेको यो पहिलो हो । युनिटले कलाकार को को हुने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ०७ बजे

मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह

काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा

विद्युतीय तार भूमिगत आयोजना : तीनपटक म्याद थप्दा ६७ प्रतिशत काम

गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार

पोखरीमा डुबेर एक जनाको मृत्यु

राजविराज(सप्तरी)- राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु