पाकिस्तानी पूर्व राष्ट्रिपति मुसर्रफमाथिको मृत्युदण्डको सजाय रद्द « Khabarhub

पाकिस्तानी पूर्व राष्ट्रिपति मुसर्रफमाथिको मृत्युदण्डको सजाय रद्द


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरैफका लागि तोकिएको मृत्युदण्डको सजाय रद्द गरेको छ ।

विशेष अदालतले देशद्रोहको अपराधमा मृत्युदण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ रहेको भन्दै मृत्युदण्डको सजाय रद्द गरेको हो ।

दुबईमा रहेको मुसर्रफको मृत्युदण्डको फैसलालाई यसअघि उनले आफू विरुद्ध बदला लिन खोजको आरोप लगाएका थिए ।

यस्तै, पाकिस्तानी सेनाले पनि उनीमाथि तोकिएको मृत्युदण्डको सजायप्रति असन्तुष्टि जनाएको थियो ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।

सरकारका तर्फबाट वकिल इस्तियाक ए खानले मुसर्रफमाथि अब कुनै सजाय नरहेको बताएका छन् ।

‘आरोप लगाइएको, विशेष अदालत गठन गरिएको, वादी समूहको छनोट र निर्णय सबै गैरकानुनी छ,’ खानले भने,‘मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन्। अब उनीमाथि कुनै सजाय छैन ।’

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : २६ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को