कनेक्ट आईपीएस मोबाइल एपबाट मासिक २ लाखसम्म कारोबार गर्न सकिने « Khabarhub

कनेक्ट आईपीएस मोबाइल एपबाट मासिक २ लाखसम्म कारोबार गर्न सकिने


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरेको कनेक्ट आईपीएस इ पेमेन्ट प्रणालीको मोबाइल एपमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमालाई थप गरेको छ।

विद्यमान कारोबार सीमा एक लाखबाट वृद्घि गरी यही पुस २१ बाट लागू हुने गरी दुई लाख कायम गरेको हो।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन‐२०७६ को निर्देशनबमोजिम मासिक कारोवार सीमा थप गरिएको कम्पनीले जनाएको छ।

यद्यपि प्रतिकारोबार सीमा ५० हजार रुपैयाँ नै कायम रहेको छ । कनेक्ट आईपीएसको वेबसाइटबाट गरिने कारोबारको सीमा प्रतिकारोबार १० लाख र प्रतिबैंक मासिक ५० लाख यथावत् नै रहेको कम्पनीले जनाएको छ।

कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटर्फम हो। यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन्।

उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ।

थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ४३ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा