‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’ « Khabarhub

‘पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध’


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको ठमेल क्षेत्रमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताइएको छ ।

ठमेल पर्यटन परिषद्ले महानगरीय प्रहरी वृत्त दरबारमार्ग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका नयाँ प्रहरी प्रमुखको स्वागतमा आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन ठमेल क्षेत्रको सुरक्षालाई मजबुद बनाउनुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख, प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले ठमेल क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्ने बताए ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अस्मिता कपालीले मुलुकको आर्थिक मेरुदण्डको आधार मानिएको पर्यटन क्षेत्रको सुरक्षाका लागि पर्यटक प्रहरीले सहयोग गर्ने बताए ।

ठमेल पर्यटन परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुत बनाउन सबै लाग्नुपर्ने बताए ।

सोही अवसरमा वृत्त दरबारमार्गबाट सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपबाट सरुवा भएका अमृतबहादुर बस्नेत र ट्राफिक प्रभाग ठमेलबाट सरुवा भएका प्रहरी नायब निरीक्षक धर्मराज घिमिरेलाई बिदाइसमेत गरिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ४५ बजे

अरुण कोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर