कोरोनाविरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा.केट « Khabarhub

कोरोनाविरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा.केट


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसलाई थाहा छ । पर्याप्त आराम पाउन मानिसले दैनिक ८ घण्टा निदाउन जरुरी छ ।

निन्द्राले मानिसको थकान, तनावका साथै नयाँ उर्जा समेत प्रदान गर्दछ । तसर्थ मानिस दैनिक ८ घण्टा सुत्न आवश्यक छ ।

यदि निन्द्रा पर्याप्त भएन भने यसले शरीरमा थकावट, रोग तथा अन्य जोखिम ल्याउने गर्दछ । तर स्कटल्याण्डकि एक महिला भने विगत केहि साता यता दैनिक मात्र २ घण्टा सुत्दै आएकी छन् ।

हो, स्कटल्याण्डकी डा. केट ब्रोडरिक नामकी महिना वैज्ञानिक कोरोना भाइरसबाट विश्वलाई बचाउन आफुलाई २२ घण्टा काममा ब्यस्त राख्दै दैनिक २ घण्टा मात्र सुत्ने गर्दछिन् ।

उनको बाँकीको २२ घण्टा कोरोना भाइरसको भ्याक्सिन आविष्कार गर्ने कोशिसमा बित्ने गरेको छ ।

अमेरिकाको यूनिवर्सिटी अफ कैलिफोर्नियामा कार्यरत ब्रोडरिकका साथमा एक रिसर्च टीम नै रहको छ । पछिल्ला २० बर्षमा ब्रोडरिकले खतरनाक बिरामीको भ्याक्सिन तयार पार्ने काममा खटिदै आएकी छन् ।

दुई सन्तानकी आमा ब्रोडरिक अहिले परिवार भन्दा टाढा विश्व बचाउने प्रयासमा छिन् । ब्रोडरिकका अनुसार यो समय विश्वलाई कोरोनाबाट बचाउनु नै उनको मुख्य लक्ष्य हो ।

आफ्नो पुरा उमेर मानिसलाई रोगबाट बचाउने काममा लगाएकोले अबका दिनमा पनि कोरोनाको भ्याक्सिन बनाएरै छाड्ने उनको उदेश्य छ । ब्रोडरीकले इबोला, जीका जस्ता खतरनाक रोगको भ्याक्सिन बनाउने काममा सफलता पाइसकेकी छन् ।

चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ अधिकारीद्वारा कोरोना भाइरसको जेनेटिक कोड जारी गरिएको थियो ।

कोड जारी भएको ३ घण्टा पछि डा. ब्राडरिकले एक भ्याक्सिन तयार पारेकी थिइन् । भ्याक्सिनको डिजाइन भोलिपल्टै फ्याक्ट्रिमा पठाइएको छ ।

उनको भ्याक्सिन बनाउन विश्व धनाढ्य बिल गेट्स समर्थित एक संस्थाबाट वितिय सहयोग समेत प्राप्त भइसकेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ७ : ३४ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड