प्रेमिकाले रातो गुलाफ लिए सम्झनुहोस तपाईंको प्रेम प्रस्ताव स्वीकार भयो « Khabarhub

प्रेमिकाले रातो गुलाफ लिए सम्झनुहोस तपाईंको प्रेम प्रस्ताव स्वीकार भयो

यस्ता छन् रंग अनुसार गुलाफको अर्थ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले भ्यालेन्टाइन साता चलिरहेको छ । आज १३ फेब्रुअरी अर्थात किस डे । यस दिन प्रेमिप्रेमिकाहरुले एकअर्कालाई चुम्बन गरेर माया साटासाट गर्छन् ।

७ फेब्रुअरीदेखि प्रारम्भ हुने भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ७ फेब्रुअरीको दिन रोज डे, ८ फेब्रुअरीका दिन प्रपोज डे, ९ फेब्रुअरीका दिन चकलेट डे, १० फेब्रुअरीका दिन टेडी डे, ११ फेब्रुअरीका दिन प्रमिस डे, हिजो बुधबार १२ फेब्रुअरीका दिन हग डे, र आज बिहिबार १३ फेब्रुअरीका दिन किस डे मनाउँदै भोली १४ फेब्रुअरीका दिन भ्यालेन्टान्स डे मनाइन्छ ।

भ्यालेन्टाइन डेका दिन मायालु जोडीहरुले एकअर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन डेको शुभकामना आदानप्रदान गर्दछन् । यसका साथै एकअर्का संग विशेष डेट र मन परेका ब्यक्तिलाई प्रेम प्रस्ताव समेत राख्ने चलन छ ।

यस अवधिमा नजिकको व्यक्तिलाई गुलाफको फूल उपहारमा दिने प्रचलन छ । विशेषत: मायालु जोडि एकअर्कालाई रातो गुलाफ दिएर प्रेम दर्शाउने गर्दछन् ।

रातो गुलाफलाई प्रेमको प्रतिक मानिन्छ । यसका अलावा अन्य रंगका गुलाफले पनि आआफ्नै अर्थ बोकेका हुन्छन् । यस्तोमा कुन रंगको गुलाफको अर्थ के हुन्छ त्यसबारे जानिराख्नु उपयुक्त हुन्छ ।

१. रातो गुलाफ

रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढि रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउछ । यस्तोमा गुलाफ लिनु उसको प्रेम स्विकारेको अर्थ लाग्ने गर्दछ ।

२. गुलाबी गुलाफ : मित्रता र मुटुको प्रतिक

गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागी तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउछ ।

३. पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक हो । यो गुलाफ विशेषत: मित्रता गास्न वा मित्रता बिच आएको फाटो कम गर्न दिइने गरीन्छ । पहेँलो गुलाफ जसलाई पनि दिन सकिन्छ । यसले प्रेम वा अरु कुनै नकारात्मक भाव झल्काउदैन । यो स्वच्छ मित्रताको प्रतिक हो ।

४. सेतो गुलाफ : सत्य र शान्तिको प्रतिक

सेतो गुलाफ साचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । यसले कसैले गरेको चोखो र साचोँ माया जनाउछ । यसका साथै सेतो गुलाफ सत्य, शान्तिका रुपमा मानिन्छ । सेतो रगं आफैमा शुद्ध, सरलता र शान्तिको प्रतिक हो ।

५. कालो गुलाफ : बिदाईको प्रतिक

कालो गुलाफ बिदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रगंको गुलाफ दियो भने उसले तपाईलाई छाड्न चाहेको, माया मारेको वा तपाईबाट टाढा हुन खोजेको दर्शाउछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ३२ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा