प्रेमिकाले रातो गुलाफ लिए सम्झनुहोस तपाईंको प्रेम प्रस्ताव स्वीकार भयो | Khabarhub Khabarhub

प्रेमिकाले रातो गुलाफ लिए सम्झनुहोस तपाईंको प्रेम प्रस्ताव स्वीकार भयो

यस्ता छन् रंग अनुसार गुलाफको अर्थ


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले भ्यालेन्टाइन साता चलिरहेको छ । आज १३ फेब्रुअरी अर्थात किस डे । यस दिन प्रेमिप्रेमिकाहरुले एकअर्कालाई चुम्बन गरेर माया साटासाट गर्छन् ।

७ फेब्रुअरीदेखि प्रारम्भ हुने भ्यालेन्टाइन सप्ताहको पहिलो दिन ७ फेब्रुअरीको दिन रोज डे, ८ फेब्रुअरीका दिन प्रपोज डे, ९ फेब्रुअरीका दिन चकलेट डे, १० फेब्रुअरीका दिन टेडी डे, ११ फेब्रुअरीका दिन प्रमिस डे, हिजो बुधबार १२ फेब्रुअरीका दिन हग डे, र आज बिहिबार १३ फेब्रुअरीका दिन किस डे मनाउँदै भोली १४ फेब्रुअरीका दिन भ्यालेन्टान्स डे मनाइन्छ ।

भ्यालेन्टाइन डेका दिन मायालु जोडीहरुले एकअर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन डेको शुभकामना आदानप्रदान गर्दछन् । यसका साथै एकअर्का संग विशेष डेट र मन परेका ब्यक्तिलाई प्रेम प्रस्ताव समेत राख्ने चलन छ ।

यस अवधिमा नजिकको व्यक्तिलाई गुलाफको फूल उपहारमा दिने प्रचलन छ । विशेषत: मायालु जोडि एकअर्कालाई रातो गुलाफ दिएर प्रेम दर्शाउने गर्दछन् ।

रातो गुलाफलाई प्रेमको प्रतिक मानिन्छ । यसका अलावा अन्य रंगका गुलाफले पनि आआफ्नै अर्थ बोकेका हुन्छन् । यस्तोमा कुन रंगको गुलाफको अर्थ के हुन्छ त्यसबारे जानिराख्नु उपयुक्त हुन्छ ।

१. रातो गुलाफ

रातो गुलाफ प्रेमको प्रतिकको रुपमा मानिन्छ । प्रेम दर्शाउन सबैभन्दा बढि रातो रंगको गुलाफ दिने चलन छ । यदि कसैले तपाईलाई रातो गुलाफ दियो भने यसले उ तपाईलाई प्रेम गर्छ भन्ने दर्शाउछ । यस्तोमा गुलाफ लिनु उसको प्रेम स्विकारेको अर्थ लाग्ने गर्दछ ।

२. गुलाबी गुलाफ : मित्रता र मुटुको प्रतिक

गुलाफी गुलाफ मुटुको धड्कनको प्रतिक हो । यदि तपाईंलाई कसैले गुलाबी गुलाफ दियो भने यसको अर्थ ती व्यक्तिका लागी तपाई मुटुको धड्कन बराबरको हुनुहुन्छ भन्ने जनाउछ । यसका साथै गुलाबी रगंको गुलाफले सुन्दरता जनाउछ ।

३. पहेँलो गुलाफ : मित्रताको प्रतिक

पहेँलो गुलाफ मित्रताको प्रतिक हो । यो गुलाफ विशेषत: मित्रता गास्न वा मित्रता बिच आएको फाटो कम गर्न दिइने गरीन्छ । पहेँलो गुलाफ जसलाई पनि दिन सकिन्छ । यसले प्रेम वा अरु कुनै नकारात्मक भाव झल्काउदैन । यो स्वच्छ मित्रताको प्रतिक हो ।

४. सेतो गुलाफ : सत्य र शान्तिको प्रतिक

सेतो गुलाफ साचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । यसले कसैले गरेको चोखो र साचोँ माया जनाउछ । यसका साथै सेतो गुलाफ सत्य, शान्तिका रुपमा मानिन्छ । सेतो रगं आफैमा शुद्ध, सरलता र शान्तिको प्रतिक हो ।

५. कालो गुलाफ : बिदाईको प्रतिक

कालो गुलाफ बिदाई, बिछोड वा माया मरेको प्रतिक हो । यदि कसैले कालो रगंको गुलाफ दियो भने उसले तपाईलाई छाड्न चाहेको, माया मारेको वा तपाईबाट टाढा हुन खोजेको दर्शाउछ । कालो रंग आफैमा नकारात्मक वा विरोधको रंगको रुपमा मानिन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ३२ बजे

राष्ट्रियसभा : सांसदले उठाएका विषयप्रति अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष

किर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान

काठमाडौं– लेबनान जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भएको छ ।

पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’ डिलरमिट सम्पन्न 

काठमाडौं– सिजि इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा सिजी मेरिडिया ‘लेभल अप’  विषयवस्तुमा आधारित डिलर

संसद्‍मा गोकुलको कटाक्ष- पोखरामा रहेका पूर्वराजालाई काठमाडौं ल्याउन आन्दोलन गर्नुपर्दैन

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा

जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान

बर्लिन– जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार