कोरोना महामारीः वुहानबाट शनिबार नेपाली ल्याइँदै तर अझै चीनले दिएन अनुमति « Khabarhub

कोरोना महामारीः वुहानबाट शनिबार नेपाली ल्याइँदै तर अझै चीनले दिएन अनुमति


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ ।

कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार  नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो आह्वान गरेको हो ।

त्यसका लागि तयारी अवस्थामा रहन नेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार  हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्न आवश्यक सवारीसाधन लगायतको व्यवस्थापन भइरहेको छ ।

यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ पठाउने तय भइसकेको छ ।

तर चिनियाँ नागरिक उड्डययन निकायबाट अझै उडान अनुमति आइनसकको चीनस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपी अरु दुई दिन भित्र अनुमति आइसक्ने दूतावासको विश्वास छ ।

स्वदेश फर्किने नेपालीहरुले भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारन्टीनस्थलमा कम्तिमा १५ दिन बिताउनुपर्नेछ ।

क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ भने आफन्तसँग  भेटघाट गर्न दिइने छैन।

स्वास्थ्य मन्त्रालयले क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको व्यवस्था गरेको छ ।

लगभग ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ३७ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले