कोरोना महामारीः वुहानबाट शनिबार नेपाली ल्याइँदै तर अझै चीनले दिएन अनुमति « Khabarhub

कोरोना महामारीः वुहानबाट शनिबार नेपाली ल्याइँदै तर अझै चीनले दिएन अनुमति


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको बेइजिङस्थित नेपाली दूतावासले हुबेमा रहेका नेपालीहरूलाई स्वेदश फिर्ताका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ ।

कोरोनाको महामारी फैलिएको वुहानबाट शनिवार  नेपाल एयरलाईन्सको जहाजले करिव २ सय जना नेपालीलाई ल्याउने निश्चित भएपछि दूतावासले यस्तो आह्वान गरेको हो ।

त्यसका लागि तयारी अवस्थामा रहन नेपालीहरुलाई वीच्याटमार्फत सन्देश पठाएको दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार  हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्न आवश्यक सवारीसाधन लगायतको व्यवस्थापन भइरहेको छ ।

यसका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ पठाउने तय भइसकेको छ ।

तर चिनियाँ नागरिक उड्डययन निकायबाट अझै उडान अनुमति आइनसकको चीनस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपी अरु दुई दिन भित्र अनुमति आइसक्ने दूतावासको विश्वास छ ।

स्वदेश फर्किने नेपालीहरुले भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारन्टीनस्थलमा कम्तिमा १५ दिन बिताउनुपर्नेछ ।

क्वारन्टीनस्थलमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्यउपचार, सङ्क्रमण रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ भने आफन्तसँग  भेटघाट गर्न दिइने छैन।

स्वास्थ्य मन्त्रालयले क्वारन्टीनस्थलमा लगभग ६० कोठामा उचित दुरीको फरकमा सामूहिक बसोबासको व्यवस्था गरेको छ ।

लगभग ६ जनाले एउटा शौचालय प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ६ : ३७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय